Sat. Apr 20th, 2019

मलेसियाको जाेहरबारुमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम हुने

मलेसिया । मलेसियाको जाेहरबारुमा शुभकामना अादानप्रदान तथा सिर्जना वाचन कार्यक्रम हुने भएकाे छ । साहित्यिक चाैतारी नेपाल मलेसिया शाखाकाे अायाेजनामा अागामी अप्रिल २८ तारिख अाईतबारका दिन शुभकामना अादानप्रदान तथा सिर्जना वाचन कार्यक्रम अायाेजना गर्न लागिएकाे संस्थाका अध्यक्ष रेशम बिष्टले जानकारी दिनु भएकाे छ।

नेपाली साहित्यको विकास र विस्तारमा निरन्तर साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले यसपटकको कार्यक्रम नेपालीहरूको नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम मलेसियाको जाेहरबारु सेनाई अन्तरगत सेनाई एकान्टसिभ नजिकै रहेकाे नमस्ते रेष्टुरेन्ट एण्ड भान्साघरकाे कार्यक्रम हलमा आयोजना गर्न लागेकाे उपाध्यक्ष राम प्रसाद सुबेदी संगमले जानकारी दिनुभयाे ।

कार्यक्रममा मलेसिया मा रहेर साहित्य विधामा कलम चलाउने ११ बढि सर्जकहरूले सृजना वाचन गर्ने महासचिव राजन कार्कीले जानकारी दिनु भयाे। उहाँका अनुसार कार्यक्रममा राजन कार्की,बरुण बाबु बिस्वकर्मा,खेम मगर कान्छा,महेन्द्र सिंह,शिव सहयात्री पराजुली,प्रित अञ्जुली,अनुप राना मगर,काशिनाथ खड्का,दल बहादुर लामा,ऋतिक नेपाल र रेशम बिस्टले सृजना वाचन गर्नु हुनेछ ।

साहित्यिक चाैतारी नेपालका केन्द्रीय अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखी’ले देश तथा बिदेशमा स्थापना भएका धेरै शाखाहरुले याे भन्दा अगाडि धेरै कार्यक्रम गरिसकेको भए पनि अबका कार्यक्रम श्रृङ्खलाबद्द तरिकाले सञ्चालन हुने जानकारी दिनुभयाे उहाँका अनुसार कार्यक्रमकाे नाम ” साहित्य मञ्जरी” राखिएको र पहिलाे श्रृङखला मलेसिया शाखाले शुभकामना अादानप्रदान तथा सृजना वाचन कार्यक्रम गर्न लागेकाे हाे। मञ्जरीकाे दाेश्राे श्रृङ्खला प्रदेश नं ३ काे शाखाले अनि तेस्रो श्रृङ्खला साउदी शाखाले सन्चालन गर्ने छ र अब हुने चौतारीका जुनसुकै शाखाका कार्यक्रम पनि साहित्य मञ्जरीका श्रृङ्खलामा समेटिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *