चार बर्षदेखि अझै अलपत्र ठमेलका सडक : प्रधानमन्त्रिको निर्देशनमाथि नै ठेकेदार र सरोकारबालाकाे अटेर (श्रृंखला –४)



काठमाडौं । नेपालको प्रमुख पर्यटकिय गन्तव्य ठमेलका सडक बषौँ सम्म पनि बन्न सकेका छैनन । झण्डै ४ बर्ष अघि मेलम्चि खानेपानी आयोजनाका लागि भन्दै यस क्षेत्रका सडक खनिएका थिए । यसरी खनिएका खाल्डाखुल्डि समयमै नपुर्दा पानि पर्दा हिलो र घाम लाग्दा धुलोको समस्या हुने गरेको छ । यसबाट पर्यटन व्यवसायलाई असर परेको छ । हवाईमार्ग मार्फत नेपाल भित्रने अधिकांश पर्यटकको पहिलो बसाई यसै क्षेत्रमा हुने गर्दछ । यसबारे सम्बिन्धित निकायले भने काम भईरहेको बनावटि जवाफ मात्र दिने गरेको छ ।

झण्डै ४ बर्ष बित्यो सडकको अबश्था बिग्रिएको टुरिष्ट गााईड रमेश थपलिया ठमेलमा धुलो र हिलोका कारण पर्यटक घटेको र अन्य क्षेत्रमा बसाई परीवर्तन गरेको अनुभव उनीसँग छ । धरै पर्यटकले उनलाई ठमेलको विकृत रुपबारे भन्ने गरेका छन ।

अर्का रेष्टुरेन्ट व्यावसायी रबिन्द्र श्रेष्ठ समेत यसकै कारण व्यावसायमा असर परेको अनुभव व्यक्त गर्छन । उनी भन्छन –‘ कतिपय त यसै समस्याले गर्दा ठमेलमा बस्नै मान्दैनन ,बसेका पनि बसाई छोट्याएर अरु ठाँउमा जान थालिसके ।’

मेलम्ची खानेपानी आयोजनाले खनेका सडकको मर्मत आयोजनाले नै बनाउनुपर्ने हुन्छ । तर यसमा आयोजना ,सडक बिभाग, महानगरपालिका लगायतका निकायबीच समन्वय आबश्यक पर्छ । यसबारे हामीले पटक पटक उठाँउदै आएका छौँ । तर सम्बन्धित निकायले यसबारे चासो नदिएको पाईएको छ । समयमै सम्पन्न नहुनुमा, सडक बिभाग, मेलम्ची खानेपानी आयोजना र स्थानीय निकाय दोषि देखिएका छन । बीच गम्भिर समन्वयको अभावका कारण यस्तो समस्या देखिएको हो ।

समयमै काम सम्पन्न गर्न नसक्दा मूख्य ठमेल क्षेत्र साथै ठिमेल प्रवेश गर्ने बिभिन्न स्थानहरुमा यस्तो समस्या देखिएको हो । यसबारे सरकारले प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयले बिशेष समिति नै बनाएर सडकहरुको अनुगमन गर्दै समयमै सम्पन्न गर्र्न ताकेता गरेको थियो तर यसलाई समेत ठेकेदार र सरोकारवाला निकायले बेवास्ता गर्ने गरेका छन । ठमेल ठमेल,क्षेत्रपाटी ,सोर्हखुट्टे,नयाँबजार लगायतका ठमेल प्रवेश गर्ने क्षेत्र समेट्ने काठमाडौँ महानगरपालिका वडा नम्बर –१६ का वडा अध्यक्ष मुकुन्द रिजाल मेलम्ची खानेपानी आयोजनाले पटकपटक जानकारी गराँउदा समेत बेवास्त गर्ने गरेका छन । उनले आयोजनाले समन्वय नगरी आफुखुसी काम गर्ने गरेको र यसबाट आम नागरीक सुमस्यामा परेको उनको भनाई छ । उनका अनुसार लामो समयदेखि वडाले ध्यानाकर्षण गराउँदा समेत आयोजनाले बेवास्था गर्ने गरिएको छ ।

भ्mण्डै ४ बर्षअघि सुरु भएका आयोजनाका काम अझै खाल्डा खुल्डीकै अवस्थामा रहेका छन । मेलम्ची खानेपानी आयोजनाले पटक पटक सडक खन्ने तथा समयमै निर्माण नगरिँदा सडक अलपत्र बन्ने गरेको हो । यसरी सम्बन्धित निकायको ढिलासुस्तीले गर्दा यस्तो समस्या निम्तिएको स्थानीयको गुनासो रहेको छ ।

समयमै काम नहँदा सुख्खा मौसममा धुलो उड्ने तथा बर्षाको समयमा हिलोको समस्या आउने गरेको छ । ढिलाई भएकोबारे डिभिजन सडक कार्यालय काठमाडौँले यसअघि सडक डिभिजन कार्यालय मर्ज भएको जसका लागि कर्मचारी व्यावस्थापन र व्याव्स्थापकीय जिम्मेवारीमा ढिलाई भएको स्वीकारेको थियो तर हाल कर्मचारी समायोजनका कारण समन्वय हुन नसकेको तर यसकै कारण ठेकेदारलाई काममा असर भने नपरेको दाबि गरेको छ । उसले बिभिन्न बहाना बनाएर ठेकेदारले ढिलाई गरेको आरोप लगााएको छ ।

 

 

मेलम्ची खानेपानी आयोजनाल भने पाईप बिच्छाउने काम र बिभिन्न चरणमा गरिने परिक्षणका कारण परिक्षण सम्पन्न नभएसम्म काम गर्न नसकिने हुनाले ढिलाई भएको र यस क्षेत्रमा पटक पटक समस्या आउने गरेकाले ढिलाई भएको बताएको छ । आयोजनाका प्रतिनिधिले भने खानेपानी आयोजनाको काम सकेको क्षेत्रमा सम्पन्न भएको जानकारी सम्बन्धित निकायलाई गराएको तर उनीहरुले समयमै काम नगर्दा आयोजनालाई मात्र दोष लगाउने गरिएको बताए ।

यस क्षेत्रका अधिकांश सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनि सैलुङ्ग कन्ट्रक्सनका प्रतिनिधिका अनुसार जेठको अन्त्यमा डिभिजन सडक कार्यालयले अनुमति दिएको केहि सडकको निर्माण सम्पन्न भएको र त्यसपश्चात बर्षा महिना सुरु भएकोले बाँकी काम रोकिएको र बाँकी सडकमा मेलम्ची खानेपानी आयोजनाले काम नसकेको र सडक डिभिजन कार्यालयले अनुमति नदिएको कारण काम रोकिएको बताएको छ ।

कन्ट्रक्सन कम्पनीका प्रतिनिधिले यसअघि सडक डिभिजन कार्यालयले ढिला गरेर अधिकृत तोकेर पठाएको र बाँकी सडक निर्माणको अनुमति ढिला मात्र पाएको र तत्पश्चात काम बिभिन्न रुपममा काम सुरु भईरहेको बताएकको छ ।साथै कालोपत्रेको काम मौसम र तापक्रम हेरेर गर्नुपर्ने भएकाले समय लाग्न सक्ने बताएका थिए । यस क्रममा काम सुरु गरिएको भएतापनि बेमौसमि बर्षाका कारण समेत समस्या निम्तिएको दाबि ठेकेदारको छ ।

यधपी कम्पनीले यसअघि अंग्रेजी नयाँ बर्ष लगत्तै काम थाल्ने हामिसँग प्रतिबद्दता व्यक्त गरेको थियो । तर ३ महिनासम्म पनि काम सुरु गर्न सकेको छैन। कम्पनीले यसपटक समेत छिट्टै काम सुरु हुने बताएको छ । यसलाई हामीले निरन्तर खबरदारी गरिरहेका छौँ ।

ताजा अपडेट