Sat. Apr 20th, 2019

९० वर्षको उमेरमा बिश्वकै दर्लभ कछुवाको मृत्यु, बिश्वमा अब तीनवटा मात्रै जीवित

बेइजिङ, ०३ बैशाख ।  विश्वकै दुर्लभ मानिएको ‘यांग्त्जी जियन्ट सफ्टसेल’को मृत्यु भएको छ। पोथी कछुवा(राफिटस सिनहोई)को दक्षिणी चीनको सुन्झाओ चिडियाखानामा मृत्यु भएको हो।

विशेषज्ञहरुले ९० वर्षभन्दा बढी उमेरको सो कछुवाको मृत्यु हुनुअघि पाँचौँ पटक गर्भाधान गर्ने प्रयास गरेका थिए। यो प्रजाति सिकार, धेरै मात्रामा माछा मारिनु तथा यसको निवास स्थानको विनासका कारण लोप भएको मानिन्छ।

दुर्लभ वन्युजन्तुको प्रजाति लोप नहोस् भन्न कृत्रिम गर्भाधान गरिने भएपनि सो कछुवाका हकमा भने विशेषज्ञहरु सफल हुन सकेनन्।

हाल सो प्रजातिका ३ वटा मात्रै कछुवा जिवित छन्। सुन्झाओ चिडियाखानामा १ सय भन्दा बढी वर्षकाे एक भाले कछुवा मात्रै बचेकाे छ भने बाँकि २ कछुवा भियतनाममा रहेका छन्।

कछुवाको प्रकृति यस्तो किसिमबाट तयार भएको भएको हुन्छ, जसको सजिलै लिंग निर्धारण गर्न मुश्किल पर्छ।

चिडियाखानाका स्थानीय कर्मचारी तथा विदेशी विशेषज्ञहरुले कछुवा मर्नुको २४ घण्टाअघि शुक्रबार दिउँसो गर्भाधानका लागि कृत्रिम रुपमा प्रेरित गराउने प्रयास गरेका थिए।

उनीहरुका अनुसार अप्रेसनका क्रममा कछुवामा कुनै पनि अप्ठेरो स्थिति सिर्जना नभएको तथा सोपश्चात् पनि कछुवाले स्वास्थ्यलाभ गरिरहेको थियो। तर, दोस्रो दिन अचानक कछुवाको अवस्था नाजुक बनेको थियो ।

कछुवाको मृत्यु हुनाको कारणबारेको अनुसन्धान प्रकृया अघि बढाइएको छ भने कछुवाको डिम्बनलीलाई भविष्यमा अनुसन्धानका लागि काम लाग्ने भन्दै सुरक्षित राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *