७५ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय तामाङ पक्राउ



बारा, ३ बैशाख । ७५ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। निजगढ नगरपालिका-३ का ५० वर्षीय धनबहादुर बल तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।

आफ्नै घर बाहिरमा बसिरहेकी वृद्धालाई तामाङले घरभित्र लगेर बालात्कार गरेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।

ताजा अपडेट