Sat. Apr 20th, 2019

भारततर्फ लैजान तयार पारिएको ३५ कार्टुन मदिरा बरामद

जनकपुर, ३ बैशाख ।  धनुषाको मुखियापट्टी मुसरहनियाँ गाउँपालिकामा प्रहरीले भारततर्फ तस्करी गरी लाँदै गरिएको अवस्थामा मदिरा बरामद गरेको छ।

वडा नम्वर-२ स्थित बेलहीबाट ३५ कार्टुन सोफी मदिरा बरामद गरिएको हो। सिमेन्टको बोरामा हाली ४ वटा साइकल प्रयोग गरेर भारततर्फ लान तयारी गरिएको मदिरा बरामद भएको प्रहरीले जनाएको छ।

संलग्न व्यक्ति भने प्रहरीलाई देखेपछि फरार भएको प्रहरी चौकी मुखियापट्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *