‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा लिएर १४ औँ पटक सगरमाथाको शिखर चुम्दै फुर्वा तेन्जिङ शेर्पा



काठमाडाैँ, ४ बैशाख । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसनले ओझेलमा परेका पर्यटकिय क्षेत्रलार्ई खोजी गर्ने अभियानको थालनी गरेको छ । फाउण्डेसनले काठमान्डाै स्थित केशर महलमा कार्यक्रमको आयोजना गर्दै मेरो गाँउ मेरो ठाँउ भन्ने मुल नाराका साथ अभियानको थालनी गरेको हो ।

यसै सन्दर्भमा १३ ‍औँ पटक सगरमाथाको सफल आरोहन गरिसकेका फुर्वा तेन्जिङ शेर्पाले अब १४ औँ पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने भएका छन् । कार्यक्रमबिच उनलाई ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा हस्तान्तरण गरिएको छ ।

देशका प्रत्यक गाँउठाँउमा पर्यटन जागरण सन्देश फैलाउने उदेश्यका लागी शेर्पा १४ औँ झण्डा लिएर सगरमाथा पर्वतारोहन गर्न लागेका हुन् । देशमा पर्यटनको आगमनमा वृद्धि ल्याउने र देश बिकसका साथै नेपाली समुदायको बिकासका गर्ने यस अभियानको लक्ष रहेको संसद कोमल ओलीले बताएकी छिन् । कार्यक्रममा पर्यटन,कलाकारिता तथा अन्य बिधासँग सम्बन्धीत ब्यक्तीहरुको उपस्थित रहेको थियो ।

 

 

 

 

ताजा अपडेट