Sat. Apr 20th, 2019

गाँजा होकि गुन्द्रुक ? हेर्नुहोस प्रहरीले एकसाथ समातेको ५० किलो गााँजा र पक्राउ परेका व्यक्तिहरु

काठमाडौं । प्रहरीले लाजिम्पाटबाट ५० केजी गाँजासहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठ रहेलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको हो । लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार भएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । पत्रकार सम्मेलनमा प्रहरीले लागुऔषध घटनामा पक्राउ परेका व्यक्ति तथा फेला पारिएको लागुऔषध समेत सार्वजनिक गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *