Sat. Apr 20th, 2019

अब नेपाललाई विद्वानहरुको देश बनाउनु पर्छ : प्रधानमन्त्री ओली

काठमाडाैँ, ४ बैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् । बुधवार बालुवाटारमा विद्यालय भर्ना अभियानको विषयमा अन्तरक्रिया गर्न भेला भएका नेकपा निकट यूवा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने क्रममा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विद्यार्थी नेताहरुसँग बोल्ने क्रममा विद्वान पूर्खाको सन्तती हामी नेपाली निरक्षरको रुपमा नभई विद्वानकै रुपमा चिनिनुपर्ने बताउनु भयो ।

उनले भने-‘हामीले ति विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपोयोग गर्नु पर्दछ । बिगतमा निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन हुँदैन ।’

प्रधानमन्त्री ओलीले शिक्षाको महत्व बालबालिकाका अभिभावकलाई बुझाउँदै बालबालिकालाई विद्यालय भर्नाका लागि उत्प्रेरणा र सचेतनाका कार्यक्रमना सञ्चालन गर्न आवश्यक रहेको बताए ।

उनले निरक्षर अभिभावकले शिक्षाको महत्वबारे जानकारी पाए नै छोराछोरीलाई पढ्न पठाउने वातावरण हुने बताए ।

यसका लागि युवा र विद्यार्थीहरु अघि बढ्न जरुरी रहेको बताउँदै युवाहरुलाई समाज सुधारको काममा लाग्न अब कुनै अवरोध नरहेको र बाटो खुला रहेको समेत स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले राजनीतिक विषयमा आन्दोलन गर्नुपर्ने दिन सकिएको र अब समाज सुधारका लागि शिक्षा,स्वास्थ्य,विकास निर्माण तथा श्रम,सीप र उत्पादन जस्ता कुरामा ध्यान दिन आवश्यक रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *