प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउदाँ समेत सुरक्षा कर्मी चुपचाप, ओली भन्छन् तपाइहरु के हेरिरहनु भाछ



बुटवल । बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाईएको छ । जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरेले कालोझण्डा देखाएका हुन् । कालोझण्डा लिने घिमिरेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।

मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल प्रवेश गरेर कालो झण्डा देखाएका हुन् । तर प्रधानमन्त्रीलाई केही भनेनन् ।

उनले कार्यक्रमस्थलमा कालोझण्डा देखाएपनि कसैले केही गरेनन् । शुरूमा त प्रहरीले पनि उनलाई समातेन । प्रधानमन्त्रीले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हेरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बुटवलमा अंग्रेज फौजलाई हराएको सम्झनामा पहिलोपटक विजय उत्सव मनाइएको छ ।

ताजा अपडेट