खालि हात हल्लाएर र सिटी फुकेर कहिलेसम्म हुन्छ ट्राफिक व्यबस्थापन ?



– ट्राफिक व्यबस्थापनमा दाताको भर
– हुँदैनन मर्मत सम्भार र व्यवस्थापनमा चुनौती
– ३० बर्षसम्म बनेनन ट्राफिक लाईट
–सडकको दुराबस्ताको रीस ट्राफिकमाथि
–फ्लोरोसेन्ट ज्याकेट,म्याजिक लाईट ब्रेथलाईजर र राडारमा दाताको सहयोग

काठमाडौं । समस्या नै समस्याले भरिएको काठमाडौंमा एउटा बिकराल समस्या हो ट्राफिक व्यवस्थापन । ट्राफिक व्यवस्थापन भन्ने बित्तिकै सडकमा सडक व्यवस्थापनमा खटिने ट्राफिकको सम्झना आँउछ । सामान्य बुझाई राख्नेले सडक भन्ने बित्तिकै सडककका धेरै समस्या समाधानको जिम्मा ट्राफिक प्रहरीको नै हो भन्ने सम्झन्छन तर, गलत ! ट्राफिक प्रहरीलाई सडकमा उभिने बाहेक सडकको कुनै अधिकार छैन । ट्राफिक प्रहरीका प्रबक्ता जयराज सापकोटाका अनुसार सडकमा रहेका ट्राफिक लाईट तथा ट्राफिक व्यवस्थापन र सकक सुरक्षाको लागि महत्वपुर्ण मानिने जेब्रा क्रसिङ निमाृणको जिम्मा ट्राफिक प्रहरीलार्य छैन । यसलाई सडक बिभाग , महानगर तथा सरकारको हो ।

ट्राफिक व्यवस्थापनसँग सम्बन्धित धेरै पुर्वाधार ट्राफिक प्रहरीलाई न त निर्माणको जिम्मा छ न त मर्मत सम्भारको नै । खालि सडक बिभाग, सरकार र महानगरपालिकाले तयार गरेका सडकमा धुलो खाँदै सिटि फुक्दै र हात हल्लाउँदै यता र उताको ईसारामा सवारी व्यवस्थापन गर्नु शिवाय कुनै अधिकार छैन ।

सडकमा रहेका ट्राफिक लाईट बल्न छोडेको बषौँ बिते । सडकमा जेब्रा क्रसिङको संकेत मेटिएको लामो समय भयो । त्यसको मर्मतसम्भार र नयाँ ल्याउने अधिकार ट्राफिक प्रहरीलाई छैन । उपत्यकाका सडक मर्मत सम्भार र निर्माणको जिम्मा सडक बिभाग, नगरपालिका तथा महानगरपालिका र सरकारको हो । यी निकायले न त भएकाको व्यबस्थापन नै गर्न सकेका छन न त मर्मतसम्भार र सुरधारमा नै चासो देखाएका छन । यसबारे जिज्ञासा राख्दा सब्कन्धित निकायको जवाफ हुन्छ–प्रकृयामा छ वा काम गरीरहेका छौँ । त्यसबाहेक सडकमा स्काईब्रिज तथा फुटपाथ र डिभाईडर पनि छैनन । यस्ता स्काईब्रिज र फुटपाथ व्यवश्थापन, पार्किङ लगाायतका संरचनाको निमाृण गर्ने निकाय मौन रहने गरेका छन ।

कोसेली र उपहार स्वरुप दिईएका सामग्रीबाट मात्रै ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गरीरहेको छ । ट्राफिक प्रहरी रित्तो हात हल्लाँउदै सवारी व्यवस्थापन गर्ने गर्दछन । सडक छन तर त्ी सडकमा सम्बन्धित निकायले पूर्वाधार निर्माण गरे भने गरे नत्र सोहि अबश्थामा सडकमा ट्राफिक व्यवस्थापन गनर्् बाहेकको बिकल्प ट्राफिकसँग छैन ।

तर ,समसयाले पिडित छमा ट्राफिक लाईट राखिएको व्यबस्थापन दाताको भरमा मात्र चलेको पाईएको छ । प्रहरी व्यवस्थापन
समग्रमा काठमांडौको सडकमा सवारी व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरीसँग भने सडकमा उभिने बाहेकको सडकमा अरु कुनै अधिकार छैन ।

ताजा अपडेट