आफ्नै खर्चले विद्यार्थी पढाउँदै केआइसिंह गाउँपालिकाका प्रशासकीय अधिकृत शर्मा



डोटी । जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिनुभएको छ । भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “भीमबहादुर पढाइमा निकै राम्रो र मिहिनेती रहेछन् तर आर्थिक अवस्था नाजुक भएकाले पढाइमा बाधा भएको खबर सुनेपछि मैले पढाउने निर्णय लिएको हुँ ।”

उनका बुबाको ५ वर्षअगाडि मृत्यु भइसकेको र घरमा आमा, चार दिदीबहिनी हुँदा पढाइमा समस्या भएकोे स्थानीयवासी तेजबहादुर पुनमगरले बताउनुभयो । स्थानीयवासीका अनुसार भीमबहादुरले कक्षा ८ मा कक्षा सबैलाई जितेका छन् । प्रमुख प्रशासकीय अधिकृत शर्माले भीमबहादुरको कक्षा ९ र १० को सम्पूर्ण पढाइ व्यवस्थापन बेहोर्ने लिखित कागजसमेत गर्नुभएको छ । यहाँका सामुदायिक विद्यालयमा एक जनप्रतिनिधिले अनिर्वाय विद्यार्थी भर्ना गर्नुपर्ने नियम बनाएर विद्यार्थी भर्ना गरिरहे पनि अभिभावकत्व ग्रहणमा उहाँ नै पहिलो व्यक्ति हुनुभएको छ ।

ताजा अपडेट