राष्ट्रिय खेलकुदमा योगदान पु¥याएको भन्दै फुटबल क्लबहरुलाई काठमाडौं महानगरपालिकाको अनुदान र सम्मान



काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटबल क्लबहरुलाई अनुदान दिने भएको छ । महानगरपालिकाले उक कार्यक्रमका बीच ‘बि’ डिभिजन फुटबल क्लबलाई प्रति क्लव ३ लाख रुपैयाँ अनुदान प्रदान गरेको हो । अनुदान पाउने क्लवहरुमा ब्वाइज यूनियन, अन्नपूर्ण (आरसिटि), टुसाल युवा, बाँसबारी र श्री कुमारी गरी ५ वटा बि डिभिजन फुटबल क्लव छन् ।

त्यस्तै ७ वटा सि डिभिजन फुटबल क्लवलाई प्रति क्लब २ लाख रुपैयाँका दरले अनुदान रकम प्रदान गरिएको हो । यसरी अनुदान पाउने क्लवहरुमा सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ्ग ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लब सि डिभिजनका फुटबल क्लवहरु रहेका छन् ।

सोहि कायृक्रममा महानगरले राष्ट्रिय खेलकुदमा योगदान पु¥याएवापत काठमाडौंभित्रका ६ वटा ए डिभिजन फुटबल क्ललाई सम्मान गरेको छ । खेलाडिहरुलाई सोमबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सम्मान पत्र प्रदान गरेका थिए । यसरी सम्मान पाउने क्लबहरुमा मनाङ्ग मस्याङ्गदी, शंकटा क्लब (यसबियससि), हिमालयन शेर्पा, सरस्वती युवा, मछिन्द्र युथ र काठमाडौं खेल मण्डल (एनआरटि) छन् ।
अनुदान रकम प्रदान गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले खेल मार्पmत समृद्ध महानगरको कल्पनामा गरेको र खेलाडी र खेलप्रेमीले कस्तो नीति चाहेको हो सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सरकारको सहयोग नलिइ, आफ्नै प्रयत्नबाट क्लब बनाउने पुराना पुस्ताको काम सह्रानीय भएको बताए ।

ताजा अपडेट