प्रदेश ५ को नाम लुम्बिनी, राजधानीका विषयमा विवाद



प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित जस्तै भएको छ । प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएपछि अब प्रदेशको नाम लुम्विनी रहने निश्चित भएको हो ।

प्रदेशको स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको टुंगो लगाउन सकेन । समितिले राजधानी रूपन्देही, दाङ वा कपिलबस्तुमा बनाउने सुझाव दिइएको जनाईएको छ ।उपसमितिको शनिबार सम्पन्न बैठकले १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारिसकेको छ । उक्त प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकमा प्रस्तुत भई मुल समितिले अन्तिम रुप दिनेछ ।हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो ।प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्नुपर्ने कानुनी ब्यवस्था छ ।

प्रदेशको राजधानी र नाम सिफारिस गर्न बनेका ६ वटा भिन्न भिन्न उपसमिति गठन भएका थिए । ती समितिले प्रदेश ५ का सबै जिल्लामा पुगेर राजधानीको नाम र केन्द्रका बिषयमा नागरीकहरुको राय संकलन गरेका थियो।सुझावहरुलाई अन्तिम रुप दिन पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। शनिबारको बैठकमा उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरलाई हस्तान्तरण गर्नु भएको थिया ।

छलफलपछि उक्त प्रतिवेदन सभामुखलाई बुझाईने छ ।‘सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू आएका थिए, तर बहुसंख्यकको सुझाव लुम्विनी नै भन्ने थियो। हामी पनि लुम्विनी राख्नेमा एकमत भयौ,’ ती सदस्यले भने।स्थायी राजधानी तोक्ने कामलाई सहज बनाउन प्रदेश नं १ ले जस्तै मुख्यमन्त्रीको सम्पर्क कार्यालय दाङ वा कपिलवस्तुमा राख्न सुझाव दिएका हुन्। यसले मध्यमार्गी बाटो लिदै राजधानी तोक्न सहज बाटो खोलिदिन्छ ती सांसदको भनाई थियो ।

प्रादेशिक राजधानी विषयमा १२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ। सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० ।

ताजा अपडेट