सपादक प्रकाशक र सञ्चार मालिकको नाममा एउटा पत्र ! जसको हातमा यो परोस



सपादकज्यू वा प्रकाशकज्यू वा मालिकज्यू
सादर नमस्कार

मैले यहाँको केही बिगार गरिएको जस्तो त लाग्दैन । तैपनि के कारणले बदला लिरहनु भएको छ, बुझ्न सकेको छैन । तीन महिनादेखि मेरो मन त्यसरी नै छटपटाइ रहेको छ, जसरी प्रेमीको खबर नपाउँदा प्रेमिकाको मन छटपटाउने गर्छ ।

संपादकज्यू वा प्रकाशकज्यू वा मालिकज्यू जसका हातमा यो पत्र परोस् ।

कतै यहाँको गाथमा आराम पो भएन कि रु वा अघिल्लो दिन दूतावास वा धनकुवेरको भोजम खाएको पेय पदार्थले दुख स् दियो । ह्याङ्गओभरमा गाडी हाँक्दा दुर्घटना पो पर्यो कि ?

धत, त्यसो किमार्थ नहोस् । त्यस्तो भए भयो भने मेरो तलब हात पर्न अझै कति महिना कुर्नु पर्ने हुन्छ । कहिले भोकभोकै , कहिले एक छाक , कहिले साथी भाइले खुवाएको चिया(चमेनाको भरमा समाचार जुटाए बापत महिनौँको मेरो पारिश्रमिक झ्वाम हुन्छ । परेमेश्वर, संपादकज्यू वा प्रकाशकज्यू वा मालिकज्यू ९जसका हातमा यो पत्र परोस् ० सकुशल रहून् ।

यो मेरो सन्ध्याकालीन निययि हो । साँझ पर्छ । रात शुरु हुन्छ । म तलब पाउने आसमा कुरेर बस्छु । तपाइँ आउनु हुन्छ–दाँत कोट्याउँदै । सायद कुनै,नेता वा मन्त्री वा कुनै धनकुबेरको कृपाभोजबाट । मलाइँ लाग्छ, आज साइत जुरेको छ । मूड ठीक छ । मैले तलबको कुरा गर्नासाथ तपाइँको मूड उल्टिन्छ ।जागीर खान मन छ कि छैन , एक से एक नयाँ मानिस पाइन्छन् ।

इष्टमित्र गुहार्दै मेरो जीवन नेपाली पत्रकारितालाई समर्पित गर्दैछु । हो, नाम तपाईको सपादकज्यू वा प्रकाशकज्यू वा मालिकज्यू जसका हातमा यो पत्र परोस् लेखिने छ ।

तपाईको श्रमजीवी पत्रकार
(मालिकहरूका नाममा)

ताजा अपडेट