ओपो, च्याम्पियनशिप्स, विम्बलडनको आधिकारिक स्मार्टफोन पार्टनर !



काठमाडौं । अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी), संग पार्टनरसिप गर्दै ओपो च्याम्पियनशिप्स, विम्बलडनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफलभएको छ ।

वैश्विकरुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले पछिल्ला समयमा खेल जगत्माएफसीबार्सिलोना र ईन्टरनेशनलक्रिकेट काउन्सिल (आईसीसी) संग आधिकारिक मोबाइलफोन पार्टनरका रुपमा सहकार्य गरिसकेको छ । यो नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगत्मापहिलो पाइलाका रुपमालिइएको छ ।

च्याम्पियनशिप्स २०१९ देखि ५ बर्षका लागिगरिएको यो सहमतिले दूई ब्राण्डको सहकार्यले प्रमुखविकासोन्मुखस बजारमाआफ्नो उपस्थिती सुदृढिकरणका लागिउब्जाउने पारस्परिक अवसरको प्रतिनिधित्व गर्छ । विम्बलडन ब्राण्डको सहयोग मार्फत ओपोले यूके र यूरोपेलीबजारमाआफ्नो उपस्थितीलाई थपसशक्तबनाउनुका साथै बजारमाआफ्नो दिर्घकालिनलगानीको प्रतिबद्धता प्रदर्शित गर्नेछ । सहकार्यले एईएलटीसीलाई ओपोको उपस्थिती रहेका स्थानमा ब्राण्डको बलियो पहिचान स्थापितगर्न सहयोग मिल्ने छ, विशेषगरी चीनमा ।

विम्बलडनको आदर्श ‘ईन परस्यूट अफ ग्रेटनेस’ र ओपोको उत्पादनमानवप्रबर्तन र डिजाइनप्रतिको प्रतिबद्धतालाई मध्यनजर राख्दै यो पार्टनरशिपको मुख्य अंश च्याम्पियनशिप्समा ओपोको स्मार्टफोन प्रविधिको प्रयोग हुनेछ ।ओपोको फ्ल्यागशिप स्मार्टफोन्स फाइण्ड एक्स र नयाँमोडल रेनोको प्रयोगबाट विम्बलडनको सुन्दरतालाई जीवन्तताप्रदानगर्दै कम्पनीले एकिकृृत र थप सटिकरुपमा वैश्विकस्तरमाउपभोक्तासंग अन्तरक्रियागर्ने आफ्नो उद्देश्य पूरा गर्नेलक्ष्यलिएको छ । दुई ब्राण्डको यो सहकार्य दर्शाउनकालागिओपो स्मार्टफोनकामाध्यमबाट खिचिएका केहीउत्कृष्ट तस्विरहरु ओपो विम्बलडन फोटो ग्यालरीमा समाविस्तगरिने छ । विम्बलडनमा प्रतिस्पर्धा गरिरहेका मध्य विलक्षण प्रदर्शन गर्न सफलयूवा खेलाडीहरुलाई कम्पनीकातर्फबाट ओपो ब्रेकथ्रो अवार्डपनिप्रदानगरिने जानकारी दिइएको छ ।

ओपोले ब्यवसायिकग्रास कोर्ट सिजन र एईएलटीसी ग्रास कोर्ट रणनीतिको प्रचारका लागिपनिउल्लेखनियभूमिका खेल्ने छ । विम्बलडन च्याम्पियनबन्ने लक्ष्यबोकेका जुनियर्सले आफ्नो विकासकालागि हरेक चरणमा ग्रास कोर्टमा खेल्ने अवसर पाउन् भन्नु यसको मुल उद्देश्य हो ।

‘हामीच्याम्पियनशिप्स, विम्बलडनको पहिलो एसियाली पार्टनर बनेको घोषणा गर्न पाउँदानिकै गौरवान्वित छौँ ।च्याम्पियनशिप्स र हाम्रो हाम्राउत्पादनमानवप्रबर्तन र डिजाइनलाई विशेष प्राथमिकताका साथ पस्कने ब्राण्ड भ्यालु बिच ठूलो समानता छ ।’ ओपोका उपाध्यक्षब्रायन शेनले भने ‘यो सहकार्यले यूरोपेलीबजारमाहाम्रो विस्तार योजनालाई थप बल प्रदानगर्ने र वैश्विक स्तरमाहाम्रो सन्देश पु¥याउन सघाउनेमा हामी विश्वस्त छौँ ।’

‘च्याम्पियनशिप्सकाआधिकारिक आपूर्तिकर्ताहरुको परिवारमाओपोको स्वागतगर्न पाउँदाहामीनिकै खुसी छौँ । ओपो स्मार्टफोन्सले विम्बलडनको आईकनिक सुन्दरतालाई हाम्राविश्वभरका दर्शकमाझ पस्केको हेर्न हामीनिकै आतुर छौँ ।’ एईएलटीसीका कमर्सियल एण्ड मिडिया डिरेक्टर, मिक देसमण्डले भने ।

पार्टनरसिप घोषणाका लागिअल ईंग्ल्याण्ड क्लबमाआयोजितकार्यक्रममाओपोका उपाध्यक्ष, ब्रायनशिन र एईएलटीसी कमिटी मेम्बर, टिम हेनम्यान र एईएलटीसीका कमर्सियल र मिडिया डिरेक्टर मिक देसमण्डले औपचारिक हस्ताक्षर गरी गरेका हुन् ।

ताजा अपडेट