आफ्ना श्रीमती वा गर्लफ्रेन्ड छाडेर किन अर्की महिलामा ध्यान मोड्छन् पुरुष ?



आफ्ना श्रीमती वा गर्लफ्रेन्ड जतिसुकै राम्री भएपनि पुरुषहरुले अर्को राम्री युवती देख्नसाथ त्यसतर्फ ध्यान मोड्छन् । अर्थात अर्की युवतीलाई घुरेर हेर्न थाल्छन् । यसबारे केही अध्ययन पनि भएका छन् । आखिर पुरुषहरु किन अर्की युवतीलाई घुरेर हेर्छन् र?

खासमा यो पुरुषहरुको जन्मजात प्रवृत्ति हो । उनीहरुले आफ्ना गर्लफ्रेन्ड वा श्रीमती राम्री नभएर वा चित्त नबुझेर मात्र हेरेका होइनन्, यसमा उनीहरुको फरक मनोविज्ञानले काम गरेको हुन्छ ।

यसको स्पष्ट अर्थ के भने, पुरुषहरु अक्सर राम्री युवती देख्नसाथ त्यसतर्फ आकषिर्त हुन्छन् । तर, युवतीहरु नि र?

युवतीहरु कुनै राम्रो पुरुष देख्नसाथ त्यसैगरी घुरेर हेर्छन् र? यसको जवाफ फरक छ । खासमा युवतीहरु राम्रो वा आकर्षक पुरुष होइन, बरु युवतीलाई नै हेर्छन् ।

तपाईंले हेक्का राख्नुभएकै होला, युवतीहरु अरु आकर्षक युवतीलाई नै हेरिरहेका हुन्छन् । आखिर युवतीले युवतीलाई नै किन हेर्छन् ? यो कुन किसिमको आकर्षण हो  ?

किन युवतीहरु युवतीप्रति नै आकषिर्त हुन्छन् र?

कुनै युवती आकर्षक देखिएमा अर्की युवतीको ध्यान उनीतर्फ मोडिन्छन् । यस्तो किनपनि हुन्छ भने युवतीहरु सौन्दर्यमा लोभी हुन्छन् । उनीहरुलाई हरेक सुन्दर कुराले स्वत् ध्यान तान्छ । अरु युवती राम्री देख्नसाथ उनको सौन्दर्यप्रति मोहित हुन पुग्छन् ।

ताजा अपडेट