चिनमा राष्ट्रपतिस्तरमा भएको सहमतिले के हुन्छ नेपाललाई फाइदा (विश्लेषणात्मक रिपोर्ट)



चिनिया राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फर्किइन् । नेपाल र चीनका विभिन्न पक्षबीच सात सम्झौतामा हस्ताक्षर भएको थियो ।

खास के के सहमति भयो त ?
चिन भ्रमणको क्रममा चिनिया राष्ट्रपति सी चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारिएको छ । ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने बिषय समेटिएको छ । दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर भएको छ । यो हस्ताक्षरपछि नेपालले चीनका चार सामुद्रिक बन्दरगाह र दुई सुक्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ने निश्चित् छ ।

 

दुई देशबीच सबैभन्दा महत्वपूर्ण मानिएको यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरे । त्यस्तै चीनले नेपाललाई प्रदान सहयोग प्रदान गर्ने सम्बन्धी अर्को सम्झौतामा पनि हस्ताक्षर भएको छ। सो सम्झौता अनुसार अनुसार चीनले नेपाललाई १६ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा सहयोग प्रदान गर्नेछ ।

 

नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोका विषयमा पनि सम्झौतामा भएको छ । त्यस्तै नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधार्नका लागि सहयोगात्मक साझेदारीलाई सशक्त बनाउने सम्झौता पनि भएको छ ।

दुई देशबीचको भन्सार व्यवस्थामा आपसी सहयोग गर्न सम्झौता पनि भएको छ । नेपाल नापतौल तथा गुणस्तर विभाग र चीनको गुणस्तर प्रशासनबीचमा आपसी सहकार्यका लागि पनि हस्ताक्षर भएको छ । त्यस्तै चीन र नेपालबीचमा सांस्कृतिक सम्पदाको अवैध आयातनिर्यात, चोरी, तस्करी लगायतका कुराहरुलाई रोक्नका लागि पनि सम्झौता भएको छ । सहमति कार्यान्वयनमा आउन सके नेपाललाई दिर्घकालीन रणनितीक फाइदा पुग्ने छ ।

तर, कार्यान्वयनका लागि सरकारी उच्च अधिकारीबिच समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने देखिन्छ ।

ताजा अपडेट