मन्त्री यादवसँग अन्र्तवार्ता लिने पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की ! वीरगंज ब्युरोमा तोडफोड



काठमाडौं । पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पाण्डेलाई ज्यान मार्ने धम्की आएको हो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’कार्यक्रममा विवाद भएको कार्यक्रम प्रसारित भएपछि टेलिभिजनको वीरगंज ब्युरोमा समेत तोडफोड भएको छ । सोही अन्तर्वार्ताको विषयलाई लिएर पत्रकार पाण्डेमाथि ज्यान मार्ने धम्की आएको हो ।

आफूलाई समाजवादी पार्टीका कार्यकर्ता भन्दै नेपाल टेलिकमको पोस्टपेड नम्बरबाट ज्यानमार्ने धम्की आएको एभिज्युज टेलिभिजनले जनाएको छ । ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की आएको टेलिभिजनले जनाएको छ

ताजा अपडेट