भएका ब्रुमरकै प्रभावकारिताको प्रश्न उठिरहेका बेला थप चार ब्रुमर भित्र्याउँदै काठमाडौं महानगरपालिका !



काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘ब्रुमर’ भिञ्याउने भएको छ । यसअघि समेत महानगरले पाँच ब्रुमर खरिद गरेको थियो । अब ल्याउन लागिएको ब्रुमर पनि पहिलेकै कम्पनीमार्फत सोझै ल्यााउन लागिएको हो । महानगरले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ । प्रवक्ता ईश्वरमान डंगोलका अनुसार यसअघि कम्पनीसँग भएको सम्झौताअनुसार मनपालाई थप ब्रुमर आवश्यक परे त्यसबापत लाग्ने कूल रकममध्ये ५० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ । खरिद प्रक्रियामा रहेका दुईवटा ब्रुमरका लागि झण्डै २ करोड ५० लाख रुपैयाँ लाग्नेछ ।

ब्रुमर सञ्चालन गर्ने जिम्मेवारी पाएको वातावरण विभागका अनुसार प्रतिदिन सरदर १८ टनसम्म धुलो संकलन हुने गरेको छ । सञ्चालन भएदेखि हालसम्म लगभग ३ सय ५० टन धूलो संकलन भईसकेको छ।

राजधानीको धुलो नियन्त्रणका लागि मनपाले ब्रुमर प्रयोगमा ल्याए पनि समस्या समाधान भने हुन सकेको छैन । हालसम्मको ब्रुमर सञ्चालनको अवस्थालाई हेर्दा सडकको अवस्थाका कारण यसको प्रभावकारितामाथि नै प्रश्न उठ्ने गरेको छ । धुलोको स्रोत पहिचान गरी घटाउन नसक्दा समस्या देखिएको वातावरणविद् बताउँछन् । रातभर ब्रुमरले सफा गरेर धुलो नियन्त्रण गर्दा समेत भोलिपल्ट उत्तिकै मात्रामा धुलो जम्मा हुने गरेको राजधानीवासीको गुनासो छ ।

ताजा अपडेट