भारतीय नागरिक नेपालको गाँउपालिकाका वडा अध्यक्ष ! दुबै देशको नागरिकता साथमा रहेको खास खुलाशा (प्रमाण सहित)



काठमाडौं । बैधानिक रुपमै भारतीय रहेका एक भारतीय नागरिक नेपालका गाँउपालिका वडा अध्यक्ष भएको प्रमाण फेला परेको छ । प्राप्त प्रमाण अनुसार उनी कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लहिश पठान भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्नो देशको नागरिकलाई दिने गरेको आधार कार्डका साथै नेपाल सरकारले नागरिकलाई दिने नेपाली नागरिकता दुवै साथमा रहेका छन ।

भारत सरकारले आफ्नो देशको नागरिकलाई दिने गरेको आधार कार्ड

पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । लाल्टिन खवरलाई प्राप्त प्रमाण अनुसार भारतीय कागजपत्रमा उनले बाबुको नाम रफिक खान उल्लेख गरेका छन् । त्यस्तै कपिलवस्तु जिल्लाबाट नेपालमा उनले लिएको नागरिकतामा बाबुको नाम जमिल पठानकोनाम उल्लेख गरिएको छ । उनको नागरिकतामा आधिकारीक नाम गरेर लहिश पठानको छ ।

वडा अध्यक्ष लहिश पठान

भारतिय भएर नेपालको स्थानीय तहको निर्वाचनमा भाग लिएका उनले चुनाव जितेर वडा कार्यालयमा वडा अध्यक्षका भुमिकामा रहि काम गरिरहेका छन् । दुबै देशको नागरिकता रहेकोबारे कुराकानि गर्दा उनले आफु नेपाली नै रहेको बताँउछन । भारतको नागरिकताको बिषय उठाँउदा उनी आफूलाई फसाउन बिभिन्न व्यक्तिले चलखेल गरेको र नक्कली कार्ड बनाएर फसाउन खोजेको जवाफ दिन्छन ।

हामीले दोहोरी नागरिकताको प्रमाण आफुसँग रहेको बताएपछि पठानले जवाफ दिन चाहेनन । यो बिषयमा जानकारी राख्दा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले छानबिन भईरहेको बताएको छ । प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पोखरेलले दिएको जानकारी अनुसार उनीबिरुद्ध दोहारो नागरिकता अन्र्तगत मुद्धा चलिरहेको बताए ।

कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका

दोहोरो नागरिकता बोकेका उनी थ यस अघि सरकारी जग्गा किर्ते तथा लागुऔषध मुद्धामा परेको प्रहरीको रेकर्डमा रहेको छ । पठानले लागूऔषधक मुद्धामा सफाइ पाईसकेका छन भने सरकारी जग्गा किर्तेको मुद्धा अदालतमा बिचाराधिन अबश्थामा रहेको बुझिएको छ । तर ,उनलाई वडा अध्यक्षको भुमिकाबाट हटाएर कारवाहि गर्नुपर्नेमा सम्बन्धित निकायले कुनै कदम चालेको छैन । यसले सीमा क्षेत्रमा बढेको अबैध नागरिकता तथा राष्ट्रियताको सवालमा समेत गम्भिर आशंका उत्पनन गराएको पाईएको विज्ञहरु बताँउछन । उनले नागरिकता पाउनेदेखि स्थानीय निर्वाचनमा भाग लिएर वडाका जिम्मेवारी सम्हाल्दा सम्म पनि राजनितिक दलले कुनै प्रतिक्रिया दिने गरेका छैनन ।

ताजा अपडेट