भियतनाम र कम्बोडियाको भ्रमण सकाएर स्वदेश फर्किँदै प्रधानमन्त्री ओली



काठमाडौं। दक्षिणपूर्वी एसियाली राष्ट्रहरु भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्। बैसाख २६ गते जम्बाे टाेलीसहित प्रधानमन्त्री ओली भियतनामका लागि प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओलीसहितकाे टाेली आज साँझ काठमाडाैं आइपुग्ने बताइएकाे छ। ५ दिन भियतनाममा रहेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गरेका थिए।

उनीहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास र समृद्धिका विविध आयामबारे छलफल भएको थियो। द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि उनीहरुबीच छलफल भएको थियाे।

ताजा अपडेट