प्रहरीकै पैसा बोकेर लागुऔषध कारोबारी फरार !



बाग्लुङ । जिल्लामा लागुऔषध प्रयोग भइरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको जनाएको छ। सादा पोसाकमा प्रयोगकर्ताको रुपमा लागुऔषध खरिद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले १० हजार ५ सय ठगेर बेपत्ता भएका छन्।

पर्वतको मालढुङ्गामा लागुऔषध खरिदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका ुकुमारु भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको शर्माले जानकारी दिए। पहिले पैसा लिएर लागुऔषध दिने उनीहरुको तरिका हुँदोरहेछ, हामीले सोहीअनुसार रङ्गेहात पक्राउ गर्ने प्रयास गर्‍यौँ, उनले भने, तर बिक्री गर्ने व्यक्ति पैसा लिएर फरार भयो। जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्तिको खोजी भइरहेको शर्माले बताए।

ताजा अपडेट