कृषकको अनुदान काटेर कृषि मन्त्रालयलाई गाडी !



काठमाडौं । कर्णाली प्रदेशमा कृषक अनुदनको रकम कट्रटा गरी गाडी खरिद गिरएको पाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गरेको पाइएको हो।

मन्त्रालयले गाडी खरिदका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ। स्रोतका अनुसार गाडी खरिदका लागि मन्त्रालयको भवन निर्माणका लागि छुट्याइएको बजेटबाट ७० लाख, चमेनागृह निर्माणका लागि छुट्याइएको बजेटबाट पाँच लाख, विभिन्न जिल्लामा सहकारीमार्फत् उत्पादित वस्तु संकलनका लागि भवन निर्माणअन्तर्गत छुट्याइएको बजेटबाट ६५ लाख, अर्गानिक कृषि तथा पशुपक्षी अनुसन्धानकेन्द्र स्थापनाका लागि छुट्याइएको बजेटबाट एक करोड रकमान्त गेकाे पाइएकाे हाे । यसैगरी स्थानीय अन्नबाली, तरकारी, बिउ, फलफूललगायत कृषि पैदावारको खरिद, संकलन तथा बजारीकरण शीर्षकको बजेटबाट ५० लाख र भूउपयोगसम्बन्धी बृहत्तर गुरुयोजना निर्माण शीर्षकको बजेटबाट ५० लाख रुपैयाँ रकमान्तर गरेर मन्त्रालयले गाडी खरिद प्रक्रिया सुरु गरेको हो ।

ताजा अपडेट