हाडनाता करणीमा गर्भ बसे समेत गर्भपतन गर्न नपाइने कानुन बन्यो अमेरिकामा



अमेरिकाको अलबामा राज्यमा अमेरिकाकै सबैभन्दा कडा कानुन बनेको छ।

अलबामामा गर्भपतन प्रतिबन्ध भएको हो। गर्भपतन पूर्ण रुपमा प्रतिबन्ध लाग्नुका साथै गर्भपतनमा सहयोगगर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनेछ।

नयाँ कानुनले बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ बसेमा त्यसलाई समेत गर्भपात गराउन पाउने छुट दिएकोे छैन।

सिनेटले गत मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको थियो।

सिनेटका ३५ सदस्यमा ४ महिला समेत थिए। उनीहरु कसैले यस कानुनको विरोध गरेनन्।

रिपब्लीकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको थियो।

गभर्नरले हस्ताक्षर गरेपछि उक्त विधेयकले कानुनको रुप लिएको हो। अमेरिकी सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो। एजेन्सी

ताजा अपडेट