लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ : शान्ति र्‍यालीमा प्रधानमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरु



बुटबल। प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन । आज (शनिबार) आयोजना गरिएको शान्ति र्‍यालीमा प्रधानमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरुको सभागिता थियो । र्‍यालीमा बौद्ध धर्माबलम्बीसहित स्थानीयको सहभागीता थियो ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली निकालिएको हो ।

प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिने भएको छ ।

आजै प्रदेश नं ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भसहित बुद्घ जयन्तीसमबन्धी मूल कार्यक्रम औपचारिक रुपमा शुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले २५६३ औँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना शन्देश जारी गर्दै भगवान् बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको भएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

ताजा अपडेट