नेपाल भारत सीमामा ६६ राउण्ड गोली चल्यो ! भारतीय तस्करहरुको आक्रमण प्रयास



बाँके । शुक्रबार राति नरैनापुर गाउँपालिका वडा नम्बर ५ भगवानपुर स्थित इलाका प्रहरी कार्यालय नजिकै ६६ राउण्ड गोली चलेको छ । प्रहरी चौकीमा भारतीयबाट ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।

सीमानाकामा चेकजाँचका क्रममा भारतीय तस्करहरुले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले ६६ राउण्ड हवाई फायर गरेको छ ।

चरेस तस्करी हुने गरेको सूचनाका आधारमा प्रहरीले सीमामा चेकजाँच गरेको थियो । नेपालगञ्ज इलाका प्रहरी कार्यालय नरैनापुरबाट खटिएको प्रहरीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रमेशबहादुर सिंहले जानकार दिए ।

उनका अनुसार प्रहरीले पाँच किलो चरेसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ‘एक जना पक्राउ परेपछि सीमापारीबाट आएका भारतीयहरुले चौकीमा आक्रमण गरे,’ डिएसपी सिंहले भने, ‘उनीहरुले चौकीमा ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गर्नुपरेको हो ।’

प्रहरीले भारतीय नागरिक देबिदिन बिश्वकर्मा पक्राउ गरेको हो । भारतीयको आक्रमणबाट प्रहरीको भ्यानमा क्षति पुगेको सिंहले बताए ।

ताजा अपडेट