विश्वसम्पदा सूचीबाट हट्ने खतरापछि भत्काईयो स्वयम्भूको गेट



काठमाडौं। स्वम्भूको पूर्वी गेटमा निर्माण गरिएको नयाँ प्रवेशद्वार महानगरपालिकाले भत्काएको छ । स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले गेट बनाउन सुरु गरेपछि स्थानीयले चर्को बिरोध गरेका थिए ।

विनाशकारी भूकम्पले गेट भत्किएसँगै सम्पदा क्षेत्रमा ठूला गेट नबनाउने निर्णय पुरात्तव विभागले गरेको थियो ।

तर उक्त संस्थाले पुरातत्व विभागसँग अनुमति नलिइ गेट निर्माण गरेपछि शुक्रवार महानगरको स्रोत र साधन प्रयोग गरेर गेट भत्काइएको सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट