तारकेश्वर नगरपालिकामा उपभोक्ता सचेतना कार्यक्रम



तारकेश्‍वर नगरपालिकाको सहयोग र नागरिक सरोकार समाज तारकेश्‍वरको आयोजनामा मिति 2076/02/14 गते मंगलबार तारकेश्‍वर नगरपालिका भित्रका उपभोक्ता, व्यापारी, नगरप्रमुख, वडाध्यक्ष, सदस्य, शिक्षक, विद्यार्थी लगाएतका 90 जना भन्दा वढीको सहभागितामा खाद्य स्वच्छता, सुरक्षा, आधारभुत उपभोक्ता अधिकार विषयक उपभोक्ता/व्यवसायी सचेतना कार्यक्रम भएको छ।

नागरिक सरोकार समाज तारकेश्‍वरका अध्यक्ष चन्द्रमणि अधिकारीको सभापतित्व तथा तारेकेश्‍वर नगरपालिका प्रमुख (मेयर) रामेश्‍वर बोहरा को प्रमुख आतिथ्यतामा, नागरिक सरोकार समाज तारकेश्‍वरका उपाध्यक्ष डिलाराम सुवेदीको स्वागत मन्तव्य बाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण नागरिक सरोकार समाज तारकेश्‍वरका सचिव माधव तिमेल्सिनाले गर्नु भएको थियो।

कार्यक्रममा उपभोक्तका अधिकारका वारेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत मोहन पुडासैनी र खाद्य स्वच्छताका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाण्डौंका शाखा अधिकृत विमल कुमार दाहालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

ताजा अपडेट