चलचित्र ‘प्रेम दिवस’ को शिर्ष गीतमा यस्तो देखियो प्रियंका र आयुष्मानको प्रेम (भिडियो सहित)



काठमाडौँ । चलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक भएको छ । सर्जक सन्तोष पोखरेलको शब्द र कारण राज कार्कीको संगीतमा रहेको गीतलाई सुरज तामाङ र शैलु आर एल सिंहले स्वर दिएका छन् ।

प्रेममा आधारित रहेर निर्मण निर्माण भएको उक्त गीतको म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजले अभिनय गरेका छन् । उक्त गीतको म्यूजिक भिडियोलाई बिजेश्वर तण्डुकार र दिवेश राईले एरेन्ज गरेका हुन् । प्रेमलाई विशेष प्रथामिकता दिएर निर्माण गरिएको यस चलचित्रमा नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी, नव नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको छ ।

प्रदीप भारद्वाजको पटकथा तथा संवादमा रहेको चलचित्रलाई महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माले संगीत दिएका छन् भने कविराज गहतराजको कोरियोग्राफी र मानकृष्ण महर्जनको छायांकन रहेको छ । रोशन श्रेष्ठको द्धन्द निर्देशनमा रहेको चलचित्रमा बनिष शाहको सम्पादन रहेको छ । योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेले निर्माण गरेका हुन् ।

चलचित्र आगामी जेठ ३१ मा देशभर प्रदर्शन हुनेछ ।

ताजा अपडेट