तारकेश्वरका नगरबासीले गरे खाद्य पदार्थको स्वच्छतामा प्रतिवद्वता



नेपाल सरकार कृषि तथा पशुपञ्‍छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्‍चको सह-आयोजनामा मिति २०७६/२/१७ तारकेश्‍वर नगरपालिकाको मानसिङ विद्यालयको हलमा तारकेश्वर न.पा. भित्रका करिव १८० जनाको सहभागितामा उपभोक्ता भेला कार्यक्रम सम्पन्न गरियो।

नेपाल सकारारले यस बर्षलाई “खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्बता” भन्ने मुल नाराका साथ एघारौं खाद्य स्वच्छता दिवस २०७६ मनाउन लागिरहेको छ।

नागरिक सरोकार समाज तारकेश्‍वरका अध्यक्ष तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्‍चका सल्लाकार चन्द्रमणि अधिकारीको सभापतित्व तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कर्ण ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सहजीकरण उपभोक्ता अधिकार अनुसन्धान मञ्‍चका अध्यक्ष माधव तिमेल्सिनाले गर्नुभएको थियो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उप निर्देशक केशव न्यौपाने, तारकेश्ववर नगरपालिका वडा नं. १० का अध्‍यक्ष अमृत थापा, समाजसेवी कुमार राई लगायतका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहेको थियो।

खाद्य स्वच्छताका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाण्डौंका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमल कुमार दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

ताजा अपडेट