पाकिस्तानले क्रिकेटमा हारेपछि प्रशिक्षक बब उल्मरको रहस्यमयी निधन



काठमाडौँ । विश्वकप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीको रहस्यमयी निधन भएपछि विश्वकप स्तब्ध बन्यो । सन् २००७ को विश्वकपको क्रममा पाकिस्तानी टोलीका क्रिकेटर बब उल्मरको दुःखद निधन भयो । एक समय उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका खेलाडी र दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका प्रशिक्षक पनि थिए । त्यतिबेला भएको उनको रहस्यमयी निधनले विश्वकप क्रिकेटमा ठूलो क्षति पुगेको थियो ।

मार्च १७ मा पाकिस्तान र आयरल्यान्डबीचको खेल थियो । उक्त खेलमा पाकिस्तानी टोली अप्रत्याशित रुपमा आयरल्यान्डसँग डकवर्थ एन्ड लेविस नियमको आधारम तीन पटक पराजित भयो । जसको कारण उपाधीको होडबाट बाहिरिनु पर्यो । यद्यपी यो हारले पाकिस्तानमा ठूलै खैलाबैला मच्चायो । जबकी हारको दोष सबै प्रशिक्षक बब उल्मरमा खनियो ।

विश्वकपबाट बाहिरिएपछि क्रिकेट टोलीबिचमा नै सिर्जना भएको असहजतापछि मार्च १८ मा जमैकास्थित बब उल्मर बसेको होटलमा प्रशिक्षकको रहस्यमयी निधन भएको खबर आयो । त्यसपछि उनको मृत्युलाई रहस्यको घेरामा पर्यो । उनको मृत्यु पश्चात उनलाई विष सेवन गराएको आरोप पनि लगाइयो । उनको मृत्यु हुनु अगाडी वान्ता गरेका थिए । सो कारण उनको मृत्युलाई लिएर प्रहरीले लामो समय अनुसन्धान गरेपश्चात उनको स्वभाविक मृत्यु भएको र उनको मृत्युमा कोही नरहेको निष्कर्ष जमैकन प्रहरीले निकालेको छ ।

ताजा अपडेट