ट्रम्पसँग क्रुर भएका किमले आफ्नो पाँच उच्च अधिकारीलाई मृत्युदण्ड दिएको खुलासा



भियतनाममा भएको किमको दोस्रो सम्मेलनमा ट्रम्पसँगको वार्ता असफल भएपछि क्रोधित भएका उनले वार्ताको लागि वातावरण बनाउने सहयोगीलाई मृत्युदण्ड दिएको खुलासा भएको छ । गत फेबु्रअरीमा किमले ट्रम्पसँग दोस्रो वार्ता गरेका थिए ।

मृत्युदण्डमा उच्च अधिकारीहरुलाई फायरिङ स्कावयडले गोली ठोकेर मृत्युदण्ड दिएको अन्त्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । किम जोङले दिएको मृत्युदण्डमा मारिने उत्तरकोरियाका अमेरिकास्थित विशेष प्रतिनिधि किम होक चोल समेत रहेका छन् । वार्तामा चोलले ट्रम्पसँगको बैठक तया गर्ने जिम्मेवारी लिएका थिए । वार्ता असफल भएपछि चोलसँग रिसाएका किमले आफुलाई धोका भएको भन्दै मृत्युदण्ड दिएका हुन् ।

उनीहरुलाई मृत्युदण्ड उत्तरकोरियाको मिरिम विमानस्थलमा गोली ठोकेर दिएको बताइएको छ । वार्ता असफल भएलगतै धम्की दिएका किमले अन्ततः मृत्युदण्ड नै दिए । विदश मन्त्रालयका अधिकारीहरु माथि अमेरिकाले जासुसी गरिरहेको बताइएको छ । किमको मृत्युदण्डमा भाषा ट्रान्सलेटको जिम्मा पाएका शिन हो योंगलाई पनि सजाय दिइएको छ । शिनले ट्रम्प र किमबीचको भेटवार्ताको बेला लेखिएको प्रस्ताव पत्रको भाषा ट्रान्सलेट गरेका थिए । यद्यपी किमले आफ्ने बहिनीले पनि झुटो बोलेको भनेर सजाय दिएका थिए ।

ताजा अपडेट