नेपालमा पहिलो पटक गरियो कलेजो प्रत्यारोपन



काठमाडौँ । बिगत ३ वर्षको अथक प्रयासपछि नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपन सफल भएको छ । शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपन भएको हो । प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकहरुको अथक प्रयासपछि कलेजो पत्यारोपन कार्य सफल भएको हो ।

महाराजगन्ज निवासी ५८ वर्षिय एक व्यक्तिलाई उनको छोरीले दिएको कलेजो पत्यारोपन गरिएको थियो । शुक्रबार बिहान ८ बजेबाट सुरु गरिएको प्रत्यारोपन कार्य राती १२ बजेर ३० मिनेट जाँदा सकिएको डा. भण्डारीले बताए ।

भारतमा एक करोडमा हुने काम नेपालमा २५ लाखमा नै गर्न सकिने चिकित्सकहरुले बताएका छन् । पत्यारोपन कार्यमा नेपाली चिकित्सकलाई सहयोग गर्न भारतको एपोलो अस्पतालबाट कलेजो प्रत्यारोपण विशेषज्ञ डा.निरव गौरको टिम नेपाल आएको थियो ।

ताजा अपडेट