देखिने ‘बादल’ र बुझिने ‘बादल’



अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा को निर्माण प्रक्रिया अन्तिम टुंगोमा पुग्दाखेर दुई नेतृत्व बाहेक तेस्रो ‘शक्तिकेन्द्र’ अर्थात् ‘उत्ताराधिकारी’ कसको हातमा जान्छ ? भन्ने विषय नजानिदो ढंगले पार्टी प्रवेश गरेको छ । जनवर्गीय संगठनको अन्तिम टुंगोपछि पूर्व एमाले, माओवादी को कसको भागमा प¥यो भन्ने समेत बाहिरी सतहमा पोखिएको छ ।

पार्टी एउटा तर, बाँडफाँड प्रष्टै देखिने ढंगले जिल्ला, जनवर्गीय संगठनका काम टुंगिएको छ । यद्यपि, पोलिटव्यूरो गठन बारे अझै नेतृत्व पंक्ति टुंगोमा पुग्न सकेको छैन । कारण पार्टीभित्र देखिएको असन्तुष्टी बढि देखिएकाले । बरु एकथरी पार्टी पंक्ति भित्रैबाट नयाँ शिराको गुट निर्माण भयो भन्ने प्रचारमा लागिरहेका छन् । जसको निशानामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ परेका छन् ।

बादलले प्रचण्डको साथ छोडेर प्रधानमन्त्री केपी ओली पक्षमा गएको भन्ने एकसरो हल्ला बजारमा चलेको छ । बादललाई यतिबेला बालुवाटारले टेस्ट गरिरहेको छ भने खुमालटारले पुराना कुराहरुलाई लिएर बादलमाथि दोषारोपण गरिरहेको छ । गम्भिर स्वभावका बादल माओवादी युद्धकालदेखि कार्यकर्ता मिलाएर लाने बीच धारको नेतृत्व गरेर छबि निर्माण गरेका नेतृत्व हुन् । माओवादी पार्टी निर्माणमा देखिएको उतारचढाबमा बादल सिंगो ऐतिहासिक पात्र हुन । सरकारको नेतृत्व केपी ओलीले गरेको र महत्वपूर्ण मन्त्रालय बादलले सम्हालेकाले व्यवहारिक रुपमा नेतृत्वप्रति नजिक हुनु स्वभाविक हो । तथापी, माओवादी तर्फबाट नेतृत्व गरेकाले अर्काअध्यक्ष प्रचण्डसँग नजिक हुनुपर्छ भन्ने एकथरी पूर्व माओवादी नेताहरुको आशय देखिन्छ । बाहिरी यी अड्कलबाजी देखिनु कुनै आश्चर्य होइन । यि बजारिया हल्लाबाट स्वयं प्रचण्ड पनि त्रसित छन् । पटक–पटक आफू विरुद्ध उत्रेका बादलको स्वभाव प्रचण्डले जति धेरै कसैले बुझ्न सक्दैनन् । सतहमा देखिएका बुझाई जस्तो सहज ओली–प्रचण्ड–बादललाई छैन ।

बरु पूर्व प्रधानमन्त्री माधव नेपाल समूहले प्रचण्डलाई पटक –पटक प्रयोग गर्न खोज्नु र आफ्नै पार्टी नेतृत्व सरकारप्रति प्रतिपक्षी भन्दा चर्को स्वरमा सार्वजनिकरुपमै विरोध गर्नुले सरकारको साख जोगाउने सवालमा ओली–बादल एक ठाउँमा हुनु स्वभाविक देखिन्छ । यि विषयहरु भनिरहँदा अहिले त्यस्तो स्थायी गुट बनेर मतदान हुने र हात उठाई हाल्नु पर्ने अवस्था पार्टीमा आएको छैन । सैद्धान्तिक लगायत कुनै पनि बिषयमा ओली–प्रचण्डको मत विभाजन भए बादल कता जान्छन ? भन्ने प्रश्न स्वभाविक हो । तर, अहिले अवस्था त्यहाँ पुगेको छैन । पार्टी निर्माण ओली र प्रचण्डबीचकै सहमतिमा भएकाले अन्य सहायक हुन् । तर, संगठनको संरचना निर्माण भइरहँदा बादललाई समर्थन गर्ने पंक्तिबाट बढि नेतृत्वमा पुगेको विषयलाई गणितीय हिसाबबाट गुटको लेखाजोखा गर्ने काम भइरहेको छ । अहिले पार्टीको शक्तिशाली मानिने पद संगठन विभाग प्रमुख हुने भएकाले एकाएक बादलप्रति आक्रमण शुरु जानकारहरुको ठम्याई छ ।

पार्टी निर्माणको सम्पूर्ण तजबिजीमा रहेर बसेका, संगठनात्मक अनूभव, सबै वर्ग, जाति, समुदाय, लिङ्गको भावना बढि बुझ्ने भएकाले बादलप्रति आशा बढि जाग्नु स्भाविक देखिन्छ । बादलप्रति पछिल्लो पटक भएका टिकाटिप्पणीबाट पार्टीभित्र बादलको जर्वजस्त प्रभाव छ भन्ने पुष्टि अवश्य गर्दछ । उनको स्वच्छ छवि, संगठनात्मक अनुभव र नेतृत्वको हिसाबले पार्टीमा उनी जो नजिक हुन्छन उसैको गुट बलियो हुने परिस्थिति अहिले देखिन्छ । प्रष्टै छ, यो तितो यथार्थलाई वर्तमान पार्टी पंक्तिभित्र केहीलाई असैह्य भने भएकै छ ।

को हुन ‘बादल’ ?

माओवादीको दश वर्षे सशस्त्र संघर्षमा एउटा नाम बारम्बार मिडियामा बढो जोडतोडका साथ आइरह्यो । त्यो नाम थियो सैन्य क्षमता भएको व्यक्ति भनेर ‘बादल’ । लाहुरे परिवारमा जन्मे हुर्केका, मगर समुदायका रामबहादुर थापा ‘बादल’ मगर र लाहुरे संस्कारमा हुर्केकै कारण उनलाई सैन्य विज्ञको उपमा दिइयो । संयोग गणतन्त्र नेपालको पहिलो रक्षा मन्त्री र संघीय गणतन्त्र नेपालको पहिलो गृहमन्त्री उनै ‘बादल’ बने । पार्टी भित्र र बाहिर अहिले पटक–पटक बादल नियोजित ‘आक्रमण’मा परेका छन् । मन्त्री फेरबदलको कुरा आउनासाथ चार पटक बादलको नाम अगाडि लिएर प्रचारबाजी गरियो । सार्वजनिक यातायातको सिण्डिकेट, निर्मला हत्याकाण्ड, नागरिकता वितरण सबैको दोष बादलले खेप्नु परेको छ । हुँदा–हुँदा पछिल्लो पटक संगठन निर्माणका क्रममा बादलका मान्छे धेरै परे भन्नेहरु अहिले गृहमन्त्री बादललाई ओली पक्षधर भनेर अर्को नियोजित आक्रमणमा गरिरहेका छन् । गम्भिर स्वभावका शालिन राजनीतिज्ञ बादल । तर, किन यसरी पटक–पटक घेराबन्दीमा पर्छन ? उनको एउटा चर्चित भाषणको सन्दर्भ म यहाँ जोड्न चाहन्छु ।

२०६० साल जेठ २८ गते शान्ति वार्ता प्रक्रियामा पहिलो पटक खुलामञ्चमा भाषण गर्दै बादलले भनेका थिए– ‘प्रतिक्रियावादीहरूले बारम्बार भिडन्तमा म¥यो भनेर हल्ला गरे । मेरो टाउकोको मूल्य तोकियो । अहिले यहीँ आएको छु । म हुँ बादल ।’ गुल्मीको वडा गाउँमा २०१२ साल वैशाख १९ गते जन्मेका थिए बादल । बुवाको जागिरसँगै प्रारम्भिक शिक्षा भारतमा लिए । बुवाको अवकाससँगै चितवनमा बसाई स¥यो उनको परिवार । बसाई सराईसँगै स्थानीय शारदा माविबाट २०३१ सालमा एसएलसी उत्तीर्ण बादलले रामपुर क्याम्पस भरतपुरमा अध्ययन गरेका थिए । २०३१ सालतिर अध्यक्ष प्रचण्डसँग भरतपुर क्याम्पसमा पहिलो भेट भयो । त्यही भेटबाट प्रचण्ड, मित्रराज दवाडी र खेम भण्डारी मिलेर पहिलो पटक नारायणी किनारमा माक्र्सवादी मण्डली बनाएर माक्र्सवादको अध्ययन थाले उनले । जुन अध्ययनले उनीहरूलाई चिनियाँ साँस्कृतिक क्रान्तिको पक्षधर बनायो ।

सोभियतसँग बादलको साइनो

बादलले रामपुर क्याम्पसबाट आईएस्सी एजी सके । डिग्री कोर्षका लागि तात्कालिन सोभियत संघमा स्कलरसी पाए । मस्कोको लुमुम्बा विश्वविद्यालयमा बालीविज्ञान एग्रोनोमी पढे । सोभियत उनताका माक्र्सवाद र लेनिनवादको उर्वरा भूमी बनेर शक्तिशाली थियो । बादलले त्यहाँ माक्र्सवादी अध्ययनलाई तिब्रता नदिने कुरै भएन । उनलाई नजिकबाट बुझ्नेहरू भन्छन– ‘सोभियत विकासको उत्कर्षमा पुगेको बेला बादल त्यहाँ रहे । त्यसको प्रभाव उहाँमा गहिरो छ ।’ अध्ययनको क्रममा सोभियतबाट आफ्नो जीवनका के कस्तो छाप प¥यो ? बादलले त्यस बारे धेरै बताएका छैनन् ।

तर, तात्कालीन सोभियत संघमा रहँदा बादलले नेपाल साम्यवादी दलमा रहेर काम गरेका थिए । पछि नेपालमा २०३५÷३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुग्दै थियो । त्यही समयमा उनी नेपाल आए । नेपाल फर्किए पछि बादल बहुदलको पक्षमा लागे । २०३७ सालमा प्रचण्डको प्रस्ताव र अमिक शेरचनको समर्थनमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनी त्यसबेला मोहन विक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनमा सक्रिय भएर लागेका थिए ।

कसरी बने ‘बादल’ ?

कम्युनिष्टको सदस्यता लिएपछि सुरक्षाका लागि भूमिगत नाम राख्ने चलन कम्युनिष्ट पार्टीको परम्परा नै हो । सदस्यता लिंदा उनले पहिलो भूमिगत नाम ‘लालसिंह’ राखेका थिए । पूर्णकालीन बने पछि ‘आकाश’ राख्न थाले । ‘आकाश’बाट समेत अघाएर पछि ‘बादल’बाट चिनिए र आजपनि चिनिँदै छन् उनी । ०३५÷३६ सालको विद्यार्थी आन्दोलन र सोभियत संघ शक्तिशाली भएको बेलाको गहिरो अनुभूति उनले गरेका थिए । नेपाल आउँदा युवा जोश देखेपछि नेपालमा क्रान्ति सम्भव छ भन्ने निष्कर्षमा उनी पुगे । उनको त्यो निष्कर्षका साथ उनी निरन्तर अघि बढेको उनलाई नजिकबाट बुझ्नेहरू आज पनि बताउँदै छन् ।

उनमा अहिलेसम्म निरन्तर राजनीतिक गति तिब्र देखिन्छ । उनले लिएका नेतृत्व कमाण्ड आजसम्म सफल भएका छन् । भलै, माओवादी विभाजनमा दोस्रो तहमा रहे र सफल हुन सकेनन् । २०३८ सालको चुनावको वहिष्कार गर्ने क्रममा पक्राउ परे उनी । पक्राउ पछि उनी १० महिना जेल पनि बसेका थिए । जेलबाट छुटे लगत्तै जिल्ला कमिटी हुँदै चार महिनामा क्षेत्रीय ब्युरो सदस्य बने । वि।सं।२०४० सालमा नयनकला थापासँग विवाह गरेका बादल २०४२ सालमा तात्कालिन नेकपा ९मशाल०को केन्द्रीय सदस्य बन्न पुगे । त्यस लगतै उनले राप्ती अञ्चलको जिम्मा पार्टीबाट पाएका थिए ।

यता २०४३ को सेक्टर काण्डपछि उपत्यका अस्तव्यस्त भयो । उपत्यकाको अस्तव्यस्तता सम्हाल्न २०४४ सालमा थापा बागमती इन्चार्ज बनाइए । उपत्यकामा रहेका देब गुरूङलाई गण्डकी पठाइयो । थापा निरन्तर राप्तीमा एक दशक बसेका थिए । उनकै नेतृत्वमा ‘सिज’ ९सिस्ने जलजला० अभियान चल्यो । ‘जनयुद्ध’को मुख्य जग र कोशे ढुंगा साबित बन्यो अभियान । जुन बेला त्यहाँ मगर समुदायले उनलाई निक्कै साथ दिएका थिए । बादललाई पहिलो पटक भेट्दाको सम्झना गर्दै माओवादी छोडेर कृषि कर्ममा लागेका पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरले एक स्मरणमा भनेका थिए– ‘ओहो त्यो बेला बादल जी त हाम्रा लागि फिल्मको हिरो जस्तो हुनुहुन्थ्यो । त्यस्तो मगर त कम्युनिस्ट भए हामी किन नहुने कम्युनिस्ट भनेर हुरुरु पछि लागियो ।’ एउटा कुशल संगठक मानिने बादलले जहाँ ‘रिक्स’ क्षेत्र हो त्यहाँ उनको कमाण्ड लिएको युद्धकालको इतिहास छ । राप्ती, उपत्यका विशेष, पूर्वी क्षेत्रको पुरै कमाण्ड गरेका छन् उनले । माओवादीको युद्धकालमा उनले पूर्वी कमाण्ड सम्हाल्दा त्यो क्षेत्र अस्तव्यस्तै थियो । बादलले जव पूर्वी कमाण्ड लिए त्यसपछि सुध्रियो । युद्धकालमा माओवादीबाट अलग भएका हाल नेकपा९नेकपा०मा नआएका गोपाल किराँती माओवादीमै आउनुमा थापाको योगदान थियो ।

‘माओवादी पार्टी अगाडि बढ्नुमा बादलको ठूलो भूमिका थियो । म उहाँलाई सधैँ सम्मान गर्छु’, २०६० सालमा भूमिगत अवस्थामा रहँदा किरातीले आफ्ना समर्थकहरुसँग पटक–पटक भन्ने गरेको भनाई हो यो । पार्टीमा बाबुराम भट्टराई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय हुँदा किराँतीले बादललाई प्रधानमन्त्री बनाउनु पर्नेमा मत जाहेर समेत गरेका थिए ।
पहिलो संकटकाल घोषणा हुँदा बादल पाटनको नःटोलमा बसेका थिए । पछि चाइनिज व्यापारी भनी उपत्यका छोडेका थिए । द्वन्द्वकालमा उनका सहयोगीहरूका अनुसार जति ठूलो आक्रमण, घेरामा परे पनि उनमा नहड्बडाउने एउटा अचम्मको बानी थियो उन्मा । उनको स्वभाव अहिले पनि त्यही देखिन्छ । यतिबेला उनी माथि निरन्तर आक्रमण भैरहेको छ यो द्वन्द्वकालको सरकारकारी सुरक्षा फौजको आक्रमण जस्तो छैन् । तर, उनी धैर्य देखिन्छन् । सुनिन्छ, पछिल्लो पटक खुमलटारको भेटवार्ता बादलका लागि पेचिलो थियो । तर, उनी नबोली हिँडेका थिए ।

किन भनियो ‘बादल’लाई लिन्प्योवादी ?

२०५८ साउनमा रविन्द्र श्रेष्ठले अध्यक्ष दाहाल विरूद्ध उभ्याउने ढंगले बादललाई एकाएक स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । उक्त प्रस्तावबाट उपत्यकामा असामान्य स्थिति सिर्जना हुन पुग्यो । श्रेष्ठले साउनमा बादललाई स्थापित गर्ने प्रस्ताव बारे २०५८ कै कात्तिकमा भारतको फरिदावादमा सम्पन्न पीबीमा उपत्यकाभित्र समस्या हल गर्ने बारे वैद्य, बादल, रविन्द्र एकतिर भएका थिए । त्यसपछि बादलको प्रचण्डसँग केही दुरी बढ्यो । २०६० को वार्ता टोलीमा बादल सदस्य बने । जुनबेला पहिलो पटक बादल सार्वजनिक भएर भाषण गरे । जुनबेला राजा ज्ञानेन्द्रसँग प्रत्यक्ष वार्ता गर्ने भनियो । तर, दरबारबाट डा।बाबुराम बाहेक बादललगायतसँग मात्रै भेट्ने प्रस्ताव आयो । जसका कारण डा।भट्टराईलाई ठूलै झट्का लागेका थियो । उनीहरुबीच अन्तरविरोध चर्कियो । सोही क्रममा प्रचण्ड र भट्टराईले बादललाई मूल्याकंन गर्ने विषयमा विवाद बढ्यो । ०६१ असारमा भारतकै इलाहावादमा प्रचण्ड, डा।बाबुराम भट्टराई, दीनानाथ शर्मा लगायतबीच पार्टीभित्र मुख्य समस्या केन्द्रमा बादल रहेको चर्चा चल्यो । बादललाई हेडक्वाटर कब्जा गर्न डा।भट्टराईले उक्साएको भन्ने आशंका फेरि प्रचण्डमा प¥यो ।

पूर्वी कमाण्डबाट बादल प्रचण्डसँग भेटघाट गर्दा डा।भट्टराई फेरी सशंकित बनेका बन्न पुगे । २०६१ मा पश्चिम कमाण्डमा प्रचण्ड पक्षबाट भट्टराई, बादल, गोपाल किराँतीको भण्डाफोर गरियो । बादलको राजनीतिक यात्रा पुरै उतारचढाबमा बितेको देखिन्छ । अहिले ती ईतिहासका कुरालाई लिएर बादलप्रति पुनः आक्रमण शुरु भएको छ । राजनीतिक इमान्दारितामा बादल परिपक्व देखिन्छन् । त्यसको उदाहारण चुनावाङ बैठकमा झल्किन्छ । आफ्नो कमाण्डरको कमाण्ड कहिलेकाहीँ उल्लंघन गरेको औंल्याउँदै चुनावाङको चर्चित बैठकमा थापाले आत्मालोचना गरेका समेत गरेका थिए । जसलाई प्रचण्ड र डा।बाबुरामहरुले ‘लिनप्योवादी’ भनेर आक्षेप समेत लगाएका थिए ।

चुनावाङको बैठकमा बादलले प्रचण्डसँगको सम्बन्धमा भनेका थिए– ‘कमरेडहरू । म मगर जातिबाट आएँ । मगर परिवारमा जन्मन खोज्ने मेरो इच्छा त थिएन । म मगर जातिको परिवेश र संस्कार सहित आएँ । अध्यक्ष प्रचण्ड, तपाईं ब्राह्मण परिवारमा जन्मेर आउनुभयो । तपाईं पनि ब्राह्मण परिवारमा जन्मिछु भनेर जन्मनु भएको होइन । त्यो ऐतिहासिक परिवेश र संस्कार सहित तपाईं आउनुभयो र इतिहासले हामीलाई नारायणी किनारमा मिलन गराई दियो । हाम्रो फ्युजन भयो आफ्ना सीमा र संस्कारसहित माक्र्सवादबारे हामीबीच अन्तर्विरोध छैन तर संस्कारहरूमा अन्तर्विरोध छ ।’ बादलको यो भनाई सबै भन्दा बढि गहिरो, मार्मिक, सैद्धान्तिक रहेको तर, व्याख्या विश्लेषण नभएको भनिएको छ ।

धोबिघाट भेलाका सूत्रधार

शान्ति प्रक्रियापछि बादल केही समय सार्वजनिक कार्यक्रममा देखिएनन् । धेरैले शंका गरे ‘बादल’ कहाँ छन् ? ०६२÷६३ पछि उनी एक्कासी साउनमा मगरात मुक्ति मोर्चाको पाल्पा अधिवेशनमा उनी देखिए । संचार माध्यममा आउन बादल त्यति रुचाउँदैनन् । अन्तरिम संसदमा सभासद् छान्ने जिम्मा बादलकै थियो । संविधान सभाको चुनावमा प्रत्यक्ष÷समानुपातिक उम्मेदवार छान्ने जिम्मा पनि उनैले गरेका थिए । उनी २०६५ को पहिलो संविधान सभा निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ बाट बिजयी बनेका थिए । बाहिरी सैन्य विज्ञको दर्जा पाएका थापा गणतन्त्र नेपालको पहिलो मन्त्रिपरिषद्मा रक्षा मन्त्री बन्न पुगे । सुस्त देखिने रक्षा मन्त्रालयलाई थापाले सक्रिय बनाए । संविधानसभाको ठूलो दल माओवादीले सरकारको नेतृत्व गरिरहेको बेला बादलकै मन्त्रालय अन्र्तगत रहेका तात्कालीन प्रधान सेनापति रुक्माङ्गत कटवाललाई पदच्युत गर्ने प्रस्ताव ल्याए । बादलले प्रधान सेनापतिलाई पदच्युत गर्दाको परिणाम के हुन्छ रु भन्ने अनुमान गर्न सकेनन् भन्नेहरु पनि छन् । यसको प्रभाव के रह्यो ? भन्ने विषयमा उनले अझै मुख खोलेका छैनन् । बरु, गृहमन्त्री हुँदा होस् या रक्षामन्त्री हुँदा सधैं उनले कमजोरी भयो भन्दै आलोचना भने खेप्नु परिरह्यो परिरह्यो ।

जतिबेला माओवादी भर्खर शान्ति प्रक्रियामा प्रवेश गरेको थियो त्यतिबेला, मोहन वैद्य किरण, सीपी गजुरेल भारतबाट जेल मुक्त भएर नेपाल आएका थिए । पहिलो पटक बैचारिक रुपमा महत्वपूर्ण मानिएका बालाजु, खरिपाटी बैठकमा बादल पार्टी एकढिक्का बनाई राख्नुपर्छ भन्नेमा अडिग रहे । जुनबेला पार्टीमा उनी कार्यकर्ताका प्रिय नेता बन्न पुगेका थिए । पार्टी बहुपदीय ढाँचामा गयो । बादलपार्टीको शक्तिशाली पद महासचिवमा आए । खरिपाटीमा १७ दाहाल र १७ वैद्य पक्षमा हुँदा बादल तटस्थ बसेको विषय पनि सदा सम्झन लायक छ । त्यही नजिरलाई हेरेर एउटा जमात गुटको कुरा गर्दा भन्ने गथ्र्यो– ‘पार्टी फुटाउनु हुँदैन हामीले बादल दाइले जस्तो भूमिका खेल्नु पर्छ ।’ अहिले बादलको जति आलोचना भएको छ, त्यस हिसाबले हेर्ने हो भने अहिले बादल पुनः खरीपाटीकै अवस्थामा पुगेका छन् ।

२०६७ मंसिरको पालुङटार विस्तारित बैठकसम्म प्रचण्डसँगै थिए बादल । जतिबेला प्रचण्डले २०६८ बैशाखमा शान्ति र संविधानका लागि ‘बोल्ड डिसिजन’ लिएँ भनि सेना समायोजन गर्ने निर्णयमा पुगे । त्यसपछि बादलले प्रचण्डको साथ छोेडे । त्यस लगत्तै बैद्य समूह समेत लिएर बादलले प्रचण्डका विरुद्ध धोविघाट भेलाको पहलकदमी लिएका हुन् । जुन कदमले शक्तिशाली एकीकृत माओवादी २०६९ असारमा विभाजित बन्न पुग्यो र बादल वैद्य समूहमा गए । २०७० को चुनाव उक्त समूहले बहिष्कार गर्यो । जसको क्षति मूल माओवादीले बेहोर्न बाध्य बन्यो । वैद्य समूहबाट नेत्रविक्रम चन्द विप्लव समूह बाहिरिएपछि बादलको समूह २०७३ जेठ ६ गते पुनः प्रचण्डसँग समाहित भएको हो । तात्कालीन एमाले र माओवादीबीच चुनाबी तालमेल हुँदा बादलले प्रत्यक्षमा टिकट पाएनन् । उनले टिकट नपाउनुमा पनि आन्तरिक विवाद नै प्रमुख कारण थिए । बादल पछि राष्ट्रियसभामा निर्वाचित भए । सरकार गठनताका पनि उनलाई गृह मन्त्रालय नदिन पार्टीमा लामै अन्तरसंघर्ष नचलेको हैन । मन्त्री भएपछि पनि पुनर्गठन गर्ने विषयमा बादललाई ‘असक्षम’ भएको भनि पुनः प्रचार गरियो । गुटकै कारण अहिले बादल निर्वाचन क्षेत्रबिहिन बन्न पुगेका छन् ।

अहिले आएर बादलको भावि कदम कस्तो होला ? ओली कि प्रचण्ड पक्षधर ? भन्ने जे जति चर्चापरिचर्चा अहिले भएको छ बादलको विगत र वर्तमानले भित्री अवस्था त्यस्तो देखिने कुनै आधार छैन । बादलमाथि जसरी पटक–पटक आक्रमण हुन्छ, त्यसरी नै जोखिम मोल्दै आएका बादलले पछिल्लो पटक पार्टीलाई एकढिक्कामा राख्ने पक्षमै वकालत गर्नेछन् भन्ने यो पंक्तिकारको अटुट ठम्याई छ । पार्टीभित्रको सांगठनिक समिकरणले पनि बादललाई समयले फेरि एक पटक त्यही अवस्थामा उभ्याई दिएको छ । त्यसैलै गृहमन्त्री रामबहादुर थापा‘बादल’लाई प्रधानमन्त्री ओली पक्षमा पुगिसके वा प्रचण्डसँग नै छन् भनी किटानी गरिहाल्न अलि चाँडो हुन्छ कि ? भन्ने पंक्तिकारको आम समुदायमा एउटा प्रश्न छ ।

ताजा अपडेट