बलिउड अभिनेता शाहरुख ‘धुम ४’ बाट कमब्याक गर्दै



काठमाडौँ । निकै आशा गरिएको फिल्म ‘जिरो’ असफल भएपछि कुनै फिल्ममा काम नगरेका बलिउड स्टार शाहरुख खान ‘धुम ४’ बाट कमब्याक गर्ने भएका छन् ।

सँगै शाहरुलाई यशराज ब्यानरले हिट फिल्ममा काम गर्न अफर गरेको भारतीय सञ्चार माध्यममा खबर छ । यद्यपी उनले फिल्ममा काम गर्ने वा नगर्ने भन्ने बारे जानकारी दिएका छैनन् । ‘धुम ४’ मा शाहरुखले आफुलाई भिलेनको रुपमा प्रस्ततुत गर्ने छन् ।

उक्त फिल्ममा शारुखसँगै अभिषेक बच्चन र उदय चोपडा पनि रहेनछन् । यद्यपी धुम ४ मा हुने उनकको कमब्याकलाई बलियो हुने अपेक्षा गरिएको छ ।

ताजा अपडेट