वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको स्वास्थ्य बिमा हुनुपर्ने माग



काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनको लागि स्वास्थ्य बिमा गर्नुपर्ने व्वयवस्था लागू गरेको भएपनि मर्यादित ढंगले सञ्चालनमा आउन नसक्दा कयौ नेपालीहरु विदेशमा नै अलपत्र परेका छन् ।

२०४९ सालदेखि नै सरकारले नेपाली नागरिकको बीमा गराउने उद्देश्य लिएको लामो समय बितिसक्दा पनि कार्यक्रम सफल बन्न सकेको छैन् । बीमासम्बन्धी नेपाली नागरिकमा चेतना अभिवृद्धि गराउन नसक्नु यसको मुख्य कारण रहेको छ । श्रमकै लागि मलेसिया, दुबई, कतार, साउदी जस्ता देशहरुमा गएका सयौ नेपाली विदेशमा नै अलपत्र हुने गरेको पाइएको छ ।

तर बैदेशिक रोजगारीमा गएका कामदारको म्यादी बिमा भने समावेश गरिएको छैन् । सोही कारण श्रमको लागि विदेश जाने नेपाली कामदारको परिवार थप मारमा परेका हुन्छन् । यद्यपी सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको स्वास्थ्य बिमालाई अनिवार्य गरे श्रमिकको कुनै घटना व लार्पबाहीमा परे उनीहरुको हकवालाले केही राहत त पाउने थिए की
भन्ने बुझिएको छ ।

ताजा अपडेट