फुटबल स्टार नेमारलाई बलात्कारको आरोप



काठमाडौँ । विश्वकै चर्चित फुटबलर नेमारलाई बालात्कारको गम्भिर आरोप लागेको छ । ब्राजिलियन युवतीले उनीमाथि यस्तो आरोप लगाएकी हुन् । युवतीले प्रहरीलाई जानकारी दिएअनुसार इन्स्टाग्राममा कुराकानी भएको र उनलाई भेट्न नेमारले पेरिस बोलाएको बताएकी छन् ।

युवतीले नेमारको साथीले आफुलाई पेरिस आउने टिकट र होटल समेत बुक गरेको दाबी गरेको प्रहरीलाई बयान दिएकी छन् । होटलमा आउँदा मदिराले लठ्ठ परेर आएका नेमारले आफुलाई माया प्रेमको कुरा गरेर अकास्मात आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको आरोप लगाएकी छन् । पेरिसमा उजुरी दिन डर लागेपछि त्यतिकै फर्किएकी ती युवीले ब्राजिल आएर प्रहरीलाई उजुरी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

उनको उजुरीलाई लिएर गम्भिर अनुसन्धान गरिरहेको प्रहरीले स्वास्थ्य परिक्षण गर्ने बताएको छ । यस्तो आरोप आएसँगै नेमारले धम्काउने साधन भएको भन्दै एक भिडियो सार्वजनिक गरेका छन् । नेमारले उक्त घटना भए लगतै युवतीसँग भएको सामान्य कुराकानी सहितको भिडियो सार्वजनिक गरेका छन् । उनले युवतीले आफुलाई फसाउन खोजेको र यसबाट केही पाठ सिक्ने मौका पाएको बताएका छन् ।

यद्यपी नेमारका पिताले भने युवतीले आफ्नो छोरासँग पैसा असुल्न यस्तो गरेको आरोप लगाएका छन् । नेमार अहिले ब्राजिलको तर्फबाट कोपा अमेरिका प्रतियोगिता खेल्ने तयारी गरिरहेका छन् ।

ताजा अपडेट