मैत्रीपूर्ण खेलमा कतारलाई २ गोलको अन्तरले हराउँदै ब्राजिलको जित, नेयमार घाइते



काठमाडौँ । कोपा अमेरिकाको तयारी स्वरुप बिहीबार बिहान भएको मैत्रीपूर्ण खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै ब्राजिलले बिजयी हासिल गरेको छ ।

ब्राजिलले खेलको १६ औँ मिनेटमा नै अग्रता बनाएको थियो । ब्राजिलका लागि रिचर्डलिसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । खेलको २४ औँ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई २–० अग्रता दिलाए । हाफको १८ औँ मिनेटमा ब्राजिललाई ठूलो झड्का लागेको थियो ।

खेलमा नेमार चोटको कारण मैदान बाहिर रहे । नेयमारको चोटका कारण ब्राजिललाई चिन्ताको अवस्थामा पुर्याएको छ । नेयमार चाँडै निको नभए ब्राजिललाई घाटा हुनेछ

ताजा अपडेट