२० हजार भारतीयलाई उछिन्दै प्रितम र आयुष सारेगमपाको फाइनलमा (भिडियो सहित)



काठमाडौँ । भारतीय चर्चित टेलिभिजन जीटिभीबाट प्रसारण हुने लिटल च्याम्स २०१९ को संस्करणमा नेपाली बाल कलाकार प्रितम आचर्य र आयुस केसी सो को फाइनलमा प्रवेश गरेका छन् ।

सोमा आयुषले तुम मिले बोलको गीत गाउँदा निर्णायकहरु दंग परेर स्टेजमै पुगेर उनलाई सम्मान गरेका थिए । प्रितमले लुट गए बोलको गीत गाएर सोमा तहल्का नै मच्चाएका थिए । प्रितम इटहरीका हुन भने आयुष सिन्धुली घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा अध्ययनरत रहेका छन् । सानैदेखि गीत गाउन मन पर्ने यी दुईको कलाले यतिबेला विश्वभर तहल्का मच्चाएको छ ।

भारतमा हुने विभिन्न सोमा भाग लिएका थुप्रै नेपालीले उपाधी हात पारेर नेपाललाई विश्वमाझ चिनाएका छन् । त्यस्तै यो पटक आयुष र प्रितमले पनि सारेगामापाको लिटल च्याम्स उपाधी जितेर नेपालको शिर उच्च पार्ने अपेक्षा राखेका छन् । लिटिल च्याम्पसमा भाग लिएका उनीहरुले भारतभरका २० हजार प्रतियोगीलाई उछिन्दै सोको सेमिफाइनलमा पुगेका हुन् ।

ताजा अपडेट