ठमेललाई नेपालकै सुरक्षित शहर बनाउँछौँ : अर्जुन लाल प्रधान



काठमाडौँ । यहि जेठ २५ गते ठमेल पर्यटन परिषद्को निर्वाचन हुने भएको छ । ठमेललाई विकास र समृद्धिको दृष्टिले अगाडी बढाउनको लागि संगठित भएको उक्त परिषद्मा रहेर लामो समयदेखि सक्रिय रहेका अर्जुन लाल प्रधानले पनि निर्वाचनमा उम्मेदवारी दिएका छन् । १३ सदस्य सहितको प्यानल लिएर निर्वाचनमा जुटेको प्रधानको टिम अन्य टिमको तुलनामा विजयीको अग्र पंक्तिमा रहेको छ ।

ठमेलका स्थायी बासी समेत रहेका प्रधान भन्छन्, ‘ उक्त परिषद्मा सदस्यको रुपमा रहेर काम गर्दा ठमेलमा देखिएको हरेक समस्यालाई समाधान गर्ने प्रयास गर्दै आएको छु । यहाँ भएका र देखिएका समस्या समाधानमा जुट्ने व्यक्ति म नै हुँ ।’यो भन्दा केही वर्ष अगाडीसम्म अहिले व्यापार व्यवसाय भएको ठाउँमा खेत रोपिन्थ्यो धान फल्थ्यो तर अहिले पर्यटकीय शहरको रुपमा परिचित भएको छ । अझ थप सुक्षित बनाउने र सुन्दर बनाउने हो भने ठमेलले पर्यटकीय सम्भावना धेरै राख्छ । जन्मथलो नै ठमेल रहेको कारण यहाँका व्यवसायीहरुमा भएको मैले सजिलै बुझेको छु ।

उनको पहिले एजेन्डा नै ठमेललाई थप सफा, सुरक्षित, व्यवस्थित, सुन्दर बनाउने रहेको छ । उनले भने हाम्रो प्यानललाई एक पटक मौका दिनुहोस् बोली हैन काम गरेर देखाउँछौँ । जो जति बेला गएपनि ठमेल सुरक्षित छ भन्ने बनाउन चाहना रहेको उनले बताए । उनी भन्छन्, ‘जब पर्यटक ठमेल घुम्न आउँछन् तब उनीहरुले आफ्नो मनको हरेक व्यथा भुल्न सक्ने बन्नेछ । यहाँ आउने पर्यटकको लागि हर सुविधा पाउने एउटा पूर्ण शहर बन्नेछ ।’

ठमेल क्षेत्रमा म्यापिङ सही ढंगले गरेर पर्यटक सूचना केन्द्र, ध्वनी प्रदुषण नियन्त्रण, सडक बत्ति व्यवस्थापन, ढल निकास, दिर्घकालीन समाधान, घरधनी र व्यावसायीबीचको सम्बन्ध सुधार, सल्लाहकार समिति, सडक बालबालिका, मगन्ते र सडक व्यापारीको दिर्घकालिन समाधान गरी भिजिट नेपाल २०२० लाई सफल पार्ने योजना रहेको उनले बताएका छन् । यस्तै उनको सपना हो ठमेललाइृ व्यवस्थित बनाउने । बिजुलीको तारहरुको कारण ठमेलको सुन्दरतामा दरार आएको कारण यसलाई पुर्ण व्यवस्थापन गरेर ठमेल एरियालाई नै फ्रि वाइफाइ जोन बनाउने उनको योजना रहेको छ । ठमेलमा ट्राफिक व्यवस्थापन र पार्किङको व्यवस्थापन फोहोरमैला व्यवस्थापनका लागि आफुले फरक योजना बनाएको बताएका छन् ।

ताजा अपडेट