सबथोक छाडेर कोरिया



प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, काम नपाएर अब कोही नेपाली विदेशीनु पर्दैन् ।

प्रधानमन्त्रीको आसालाग्दो भाषण सुनेकै भोलीपल्ट संखुवासभा,चोवाका २१ वर्षिय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणली ईपीएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परिक्षा दिए ।

तीनकुने स्थित भीएस निकेतन केन्द्रबाट परिक्षा दिएका उनले भने ‘दक्षिण कोरिया जाने पहिलो खुड्किलो भनेकै भाषा पास रहेछ । त्यसैले परिक्षा दिएको हुँ ।’ उनी शंकरदेव क्याम्पसमा व्ववस्थापन संकायमा स्नातक तेस्रो वर्षको विद्यार्थी हुन् ।

तीन वर्षअघि गाउँ छाडेर उच्चशिक्षाको लागि काठमाडौँ छिरेका उनलाई आर्थिक समस्याले गर्दा कोरिया जाने योजनामा पुर्यायो । उनले एसएलसी पहिलो र प्लस टु दोस्रो श्रेणीमा उर्तिण गरेका थिए ।

उनी पढाईलाई सरासर सकेर स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर गाउँ छोडेर राजधानी काठमाडौँ छिरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा विद्या राईले लेखेका छन् ।

ताजा अपडेट