हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठनमा समस्या



काठमाडौँ । शनिबार राती बैतडीमा आएको हावाहुरीले विद्यालयको छानो उडाउँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ ।

हावाहुरीले पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको हो । विद्यालयको छाना उडाएसँगै विद्यार्थीको पठन पाठनमा समेत प्रभावित भएको छ । टिनको छाना उडाउँदा भित्र रहेका २६ बोरा सिमेन्ट डेक्सबेन्सलगायत अन्य शैक्षिक सामाग्री पानीले भिजेर नष्ट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए ।

कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा ३ सय ५ विद्यार्थी अध्यनरत रहेका थिए । हावाहुरीकै कारण बैतडीको अन्य स्थानमा क्षति पुगेको छ । अन्य स्थानमा घरको छाना र विद्यालयको छानाहरु उडठाएको छ ।

ताजा अपडेट