रुपन्देहीको देवदहमा एक युवकको हत्या



काठमाडौँ । रुपन्देशीको देवदहमा एक युवकका हत्या भएको छ । देवदह नगरपालिका ८ विशालनगरका २८ वर्षिय सुमन थापाको हत्या भएको हो ।

कुटपिटबाट गम्भिर घाइते भएका थापाको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।

आफ्नै साथीभाइको कुटपिटबाट घाइते भएका थापालाई बेहोस अवस्थामा फेला पारिएको थियो भने उनको निधार र छातीमा चोट लागेको थियो । उनको हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा अपडेट