हवाई दुर्घटनामा परि दुई जनाको मृत्यु



काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित लङ आइल्यान्डमा हवाईज जहाज दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए ३६ विमान साउथ होल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्थ भएको संघीय नागरिक उड्यान कार्यालयले बताएको छ । विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इन्जिनमा समस्या भएको कारण विमान दुर्घटनाग्रस्थ भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट