आइतबार साँझदेखि ठमेलको जे पी रोड एरियामा विद्युत अबरुद्ध भएपछि होटल व्यवसायी समस्यामा



काठमाडौँ । आइतबार साँझदेखि गएको विद्युत लाइन सोमबार बिहानसम्म पनि नआएपछि स्थानीयहरु आक्रोसित भएका छन् ।

पर्यटकीय गन्तव्वयको रुपमा लिइने ठमेलमा लामो समय लोडसिडेङ हुँदा होटल व्यवसायिहरु समस्यामा परेको बताउँछन् । बेलुका ८ः ३० बजे गएको बत्ति बिहानभर नआएपछि ठमेलबासीमा के फेरी लोडसेडिङ सुरु भएकै हो त भन्ने एक किसिमको त्रास फैलिएको छ ।

नेपाल विद्युत प्राधिकरणमा फोन गरेर किन समस्या भइरहेको छ भन्ने बारे बुझ्नको लागि फोन सम्पर्क गर्दा प्राधिकरणले फोन सम्म नउठाएपछि स्थानीयहरुमा थप आक्रोस थपिएको छ ।

ठमेल एरियामा हिजोदेखि विद्युत प्रसारण लाइनमा केही समस्या आएकाले मर्मत कार्य भइरहेको र दिउँसो १२ बजे सम्ममा लाइन आउने विद्युत प्राधिकरणका कर्मचारी भुपेन्द्र लाल चन्दले बताएका छन् । हिजो साँझ ८ः ३० देखि ठमेलको जे पी रोड एरियामा लाइन अबरुद्ध भएको छ ।

ताजा अपडेट