मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ



काठमाडौँ । सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ ।

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्धय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् ।

उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा लेखिएको छ ।

ताजा अपडेट