वैदेशिक रोजगारमा गएर मृत्यु हुने नेपालीको सख्या बढ्दो, घटना बारे किन चासो दिँदैन दुतावास ?



काठमाडौँ । पछिल्लो समय बैदेशिक रोजगारमा गएका नेपालीहरुको १० महिनामा ६ सय भन्दा बढीले ज्यान गुमाएका छन् । बैदेशिक रोजगार बोर्डको अनुसार २०७५ साउनदेखि २०७६ बैशाखसम्ममा उनीहरुको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा सबैभन्दा धेरै मलेसिया, कतार, दुबई जस्ता खाडी मुलुक पुगेर मृत्यु हुने रहेका छन् ।

गत बैशाख महिनामा मात्रै दुई महिलासहित १४ जना नेपाली कामदारको मृत्यु भएको थियो । उनीहरुको शव नेपाल ल्याएर आफन्तलाई बुझाइसकेको छ ।  यो अवधीमा मृत्यु भएका मध्ये ६ सय २५ जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको बैदेशिक रोजगार बोर्डले जनाएको छ । १९ जनाको परिवारलाई औषधीउपचार सहयोग प्रदान गरेको छ ।

२०७४ / २०७५ सालमा बैदेशिक रोजगारमा जाने २१ सय नेपालीले ज्यान गुमाएका थिए । कामको सिलसिलामा विदेशिएका मध्ये मलेसियामा पुगेका धेरै नेपालीको मृत्यु भएको पाइएको छ । जहाँ २ सय ८९ नेपालीले ज्यान गुमाएको थिए । सोही वर्ष साउदी अरबमा २ सय ३ जना, कतारमा १ ससय २३ जना, युनाइटेड अरब इमिरेट्समा ९४ जना, कुवेतमा २६ जना, दक्षिण कोरियामा २२ जना, बहराइनमा ९ जना ओमानमा ५ जना र बाँकी अन्य देशमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सबैभन्दा बढी मोरङका ३९ जना सहित सर्लाहीका ३६ धनुषाका ३३, सिरहाका २९ र महोत्तरीका २७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । वैदेशिक रोजगारमा गएका कयौँ नेपालीले दैनिक मृत्युवरण गर्नुपर्दाको पिडा छुट्टै छ । तर यो विषयमा सरकारको मौनता र बेवास्ताले गर्दा दिनदिनै खाडी मुलुकमा जाने युवाको सख्या घट्न सकेको छैन् ।

महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएर सररले यो विषयलाई ध्यान दिने हो भने कयौ नेपालीले अकालमै ज्यान गुमाउनु पर्ने थिएन् । हरेक देशमा खटाइएको दुतावासले आफ्नो देशबाट कामको लागि आएका नेपाली कामदारको सुरक्षाको लागि बेला बेलामा उनीहरुको अवस्था के कस्तो छ ? कामको सिलसिलामा के कस्तो समस्या भोगीरहेका छन् भन्ने बारे बुझ्न जरुरी रहेको छ ।

अब सरकारले बैदेशिक रोजगारमा गएका नेपाली कामदारको अंग भंग भएमा वा मृत्यु भएका एक करोड बराबरको जिवन बिमा सेवा उपलब्ध गराउनुपर्छ । यदि यसो गरेमा बैदेशिक रोजगारमा गएका नेपालीहरुले केही राहत पाउने छन् भने भविष्यमा केही भवितब्य पर्न आएमा पनि परिवारले केही राहत पाएको महसुस गर्नेछन् ।

ताजा अपडेट