राजधानीको तीनकुनेबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ



काठमाडौँ । काठमाडौँकोे तीनकुनेबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुको टोलीले तीनकुनेको केएफसी क्याफे अगाडीबाट पेस्तोलसहित सञ्जय शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिले हतियार कहाँबाट ल्याएको हो भन्ने बारे अनुसन्धान भइरहेकाले सबै कुरा बताउन नमिल्ने परिसरका प्रमुख एसपी उत्तमराज सुवेदीले बताए ।

ताजा अपडेट