क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने



काठमाडौँ । भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३७ वर्षिय क्रिकेटर सिंहले सोमबार मुम्बाईमा पत्रकार सम्मेलन गरी आफुले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले २०११ एदलिवसीय क्रिके र २००७ ट्वान्टी/ट्‍वान्टी विश्वकपको नायक बनेका थिए ।

२०१७ को जुनमा वेष्ट इन्डिज विरुद्ध अन्तिम एकदिवसिय क्रिकेट खेलेका थिए । अन्तिम ट्वान्टी/ट्वान्टी खेल भन २०१७ को फेब्रुअरीमा इङल्याण्डविरुद्ध खेलेका थिए । पछिल्लो समय उनले कुनै पनि क्रिकेट प्रतियोगितामा सहभागीता जनाएका थिएनन् ।

पछिल्लो समय क्रिककेटबाट सफलता नमिलेको र मौका पनि नपाएको कारण सन्यास लिने योजनामा पुगेको बताए । उनले भारतको लागि ३०४ एदलिवसीय क्रिकेटमा ८ हजार ७ सय १ रन बनाएका थिए । ५८ ट्वान्टी/ट्‍वान्टी क्रिकेट खेलेका उनले ११ सय रन बताएका उनले अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।

ताजा अपडेट