बलात्कारको आरोपमा मन्त्रालयका उपसचिव रामश्रय यादव पक्राउ



काठमाडौँ । छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव पक्राउ परेका छन्।

उनले १८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए।

महोत्तरीका स्थानीय यादव ललितपुर धोविघाट बस्दै आएका थिए। उनले छोरीलाई विगत ३र४ वर्षदेखि बारम्बार बलात्कार गर्दै आएको आरोप लागेको छ।

छोरी बलात्कार गरेको आमाले थाहा पाएपनि घटना आफ्नै घरको भन्दै लुकाएको प्रहरीको दाबी छ। तर बलात्कारको क्रम नरोकिएपछि जेठ १९ गते घटना बाहिर आएको हो। किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई सोमबार पक्राउ गरिएको हो।

ताजा अपडेट